सांसदकाे ‘आदेश’मा प्रहरीले पुनः तोड्यो नेपाल स्काउटको बालबालिका प्रशिक्षण क्याम्पको ताला (भिडिओ) – Nepal Press

सांसदकाे ‘आदेश’मा प्रहरीले पुनः तोड्यो नेपाल स्काउटको बालबालिका प्रशिक्षण क्याम्पको ताला (भिडिओ)

काठमाडौं । कांग्रेस सांसद तथा पूर्वमन्त्री दीपक खड्काले शक्तिको आडमा पुनः आफ्नो जग्गामा अनधिकृत कब्जा जमाएकोमा नेपाल स्काउटले आपत्ति जनाएपछि पनि प्रहरीले गेटको ताला पुनः तोडेको छ ।

बुधबार डीएसपीको कमाण्डमा प्रहरीले ताला तोडेका थिए । त्यसको विरोधमा नेपाल स्काउटले पत्रकार सम्मलेन गरेको थियो । सम्मेलनको केही घण्टासमेत नबित्दै पुनः आज पनि प्रहरीले स्काउट परिसरमा लगाइएको ताला तोडेको हो ।

स्काउटको पार्किङतर्फको खुला जमिनमा बालबालिकाको आवासीय प्रशिक्षण क्याम्पिङ गर्ने गरिन्छ । बालबालिकाको सुरुक्षाका लागि स्काउटले ताला लगाउने गरेको थियो ।

काठमाडौं महानगरपालिका- २६ लैनचौरस्थित जग्गा एवं सम्पत्तिमा अनधिकृत कब्जा जमाएको भन्दै स्काउटले पत्रकार सम्मेलन गरेर विरोध जनाए पनि पुनः ताला तोडिएको नेपाल स्काउटका निर्देशक राम भट्टराईले जनाए ।

यसबारेमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी गणेश बमसँग कुरा गर्दा अहिले म हल्लामा छु भन्दै फोन काटे । उनले कुरा गर्न चाहेनन् । अदालतको आदेश देखाउँदासमेत डीएसपी बमले आफूहरुलाई माथिको आदेश भएको र अदालतको आदेश नमान्ने बताएको स्काउटको आरोप छ ।

यसअघि पनि सत्ता र शक्तिको आडमा अदालतको आदेशलाई अपहेलना गरेर अमूक व्यापारीको पक्षमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको प्रहरी टोलीले गुण्डागर्दी शैलीमा कार्यालयका सुरक्षाकर्मीमाथि बिहीबार हातपात एवम् लछारपछार गरेको स्काउटको भनाइ छ ।

सांसद खड्काको आदेशमा बालबालिकाको आवासीय प्रशिक्षण कार्यक्रम भइरहेको वेला नेपाल स्काउटको प्रधान कार्यालय परिसरका सुरक्षाका लागि बन्द गरिएको गेट, एउटा पार्टी प्यालेसलाई असहज भएको भन्दै बिहीबार जबरजस्ती तोडफोड गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर