कर तिर्न सहमत भएपछि ‘प्रेम गीत ३’ हिन्दी भर्सनलाई सेन्सर अनुमति – Nepal Press

कर तिर्न सहमत भएपछि ‘प्रेम गीत ३’ हिन्दी भर्सनलाई सेन्सर अनुमति

काठमाडौं । चलचित्र ‘प्रेम गीत ३’ को हिन्दी भर्सनले सेन्सर अनुमति पाएको छ ।

विदेशी चलचित्र सरह कर तिर्न सहमत भएपछि चलचित्र विकास बोर्डले सेन्सरका लागि अनुमति दिएको हो ।

यसअघि चलचित्र हिन्दीमा डब भए पनि नेपाली सरह नै सेवा सुविधा पाउनुपर्ने माग निर्माण पक्षको थियो ।

लामो समयको विवादपछि बोर्डले १५ प्रतिशत विकास शुल्क तिर्दै सेन्सर अनुमति दिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *