अस्ट्रेलियामा गायक नवीन के भट्टराई र सुगम पोखरेलको प्रस्तुती – Nepal Press

अस्ट्रेलियामा गायक नवीन के भट्टराई र सुगम पोखरेलको प्रस्तुती

काठमाडौं । अस्ट्रेलियाबासीहरुको लागि यस पटकको दशैं–तिहार सङ्गीतमय हुने भएको छ ।

नेपाली पप गायक नवीन के भट्टराई र सुगम पोखरेलसँगैै नेपाल आईडल ४ का प्रतियोगी आदेश पौडेलले यो वर्षको दशैं तिहारमा अस्ट्रेलियाका विभिन्न ठाँउहरुमा आफ्नो साङितिक प्रस्तुती दिने भएका छन् ।

भर्सटाइल एजुकेसन एण्ड माइग्रेसनको प्रस्तुतीमा आयोजना हुने उक्त कार्यक्रम अस्ट्रेलियाको डार्विन, एड्लेड, क्यान्बेरा, पर्थ, मेल्बर्न, सिडनी, लाउन्सेटन, बृस्बेन, गोलकोस्ट, केर्न्स, नियुक्यासल लगायतका ठाउँहरुमा हुनेछ । अस्ट्रेलियामा सांगीतिक प्रस्तुती दिन लागेकोमा आफूहरु अति नै उत्साहित भएको गायक नवीन के भट्टराई, सुगम पोखरेल र आदेशले बताए ।

कार्यक्रम सेप्टेम्बर २३ देखि अक्टोबरको अन्तिम हप्ता सम्म हुनेछ । सो समय नेपालीहरुको महान चाड दशैँ र तिहार पर्ने भएकाले अस्ट्रेलियाबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले कार्यक्रम संगीतमय तरिकाले मनाउने र कार्यक्रम भव्य बनाउन सबैले साथ दिने आशा भएको कार्यक्रम संयोेजक युट्सल दाहालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *