कोरोनाबाट थप एक जनाको मृत्यु, ९३४ जनामा संक्रमण पुष्टि
नेपाल प्रेस
२०७९ साउन २३ गते १५:३८
काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ भने ९३४ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५३५१ नमुन परीक्षण गरिएको मा ९३४ जनामा संक्रमण देखिएको हो ।
२८६२ आरटी पीसीआर नमुनामा ४९८ र एन्टिजेन २४८९ मा ४३६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आजको दिनमा थप ४७० जना निको भएका छन् । अहिले नेपालमा ९८.२ प्रतिशत निको हुने दर रहेको छ ।
त्यस्तै, हाल देशभर ५६८६ जना संक्रिय संक्रमितहरु रहेका मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर