उपभोक्ताले जलाए वन नियमावली (तस्बिरहरू)
काठमाडौं । सरकारद्वारा स्वीकृत वन नियमावलीप्रति सरोकारवालाले विरोध गरेका छन् ।
उपभोक्ताहरूको अधिकार खोस्ने गरी नियमावली ल्याइएको भन्दै देशभरका २० हजारभन्दा बढी सामुदायिक वनको छाता संगठनको रूपमा रहेको सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन), निजी वनलगायतले आज वन परिसरमा प्रदर्शन गरे ।
स्थानीय तहमा पारिवारिक निजी वन दर्ता गर्दा डिभिजन वन कार्यालय वा सबडिभिजन वन कार्यालयको सिफारिस लिने वन ऐन २०७६ मा व्यवस्था गरिए पनि नियमावलीमा भने सिफारिस लिन जग्गाधनी पुर्जा, मालपोत तिरेको रसिद, नापी नक्सा र फिल्डबुकको प्रतिलिपिसमेत पेस गर्नुपर्ने अव्यवहारिक व्यवस्था राखिएको आन्दोलनकारीले बताएका छन् ।
प्रदर्शनको क्रममा राजपत्रमा प्रकाशित नियमावली जलाइएको छ ।