मायादेवी मन्दिरभित्र ध्यानमुद्रामा मोदी, चञ्चल देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज लुम्बिनीमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग एक प्रार्थनामा सहभागी भए । मायादेवी मन्दिरभित्र भएको प्रार्थनाका क्रममा देउवाको पोजलाई लिएर विभिन्न टिकाटिप्पणी हुन थालेका छन् ।
सार्वजनिक भएको भिडिओमा भारतीय प्रधानमन्त्री दुवै हात जोडेर ध्यानमुद्रामा देखिएका छन् । प्रधानमन्त्री देउवा भने अधैर्यतापूर्वक यसोउसो गर्छन् र हात बाँधेर बस्छन् । फेरि यसो मोदीतिर पुलुक्क हेर्छन् अनि उनको सिको गर्दै दुवै अल्छे पारामा दुई हात जोड्छन् । उनको बसाइ पनि बेढंगको छ ।
सार्वजनिक भएको अर्को एउटा तस्वीरमा देउवाले मोदीसँगै बसेर बडेमानको हाइ काढेको पनि देखिएको छ । देशका प्रधानमन्त्रीले विदेशी अतिथिसँग बस्दा अनुशासनहिनता देखाएको भन्दै सामाजिक सञ्जालमा देउवाको आलोचना भइरहेको छ ।