ठूला सभामा प्रतिस्पर्धा– आज ओली चितवनमा, प्रचण्ड माधव धनगढीमा – Nepal Press

ठूला सभामा प्रतिस्पर्धा– आज ओली चितवनमा, प्रचण्ड माधव धनगढीमा

काठमाडौं । पार्टी विभाजनपछि नेकपाका दुवै समूहका शीर्ष नेताको ठूला जनसभाहरुमा केन्द्रित हुन थालेका छन् । एकचरणका भेला बैठक र कार्यकर्ता प्रशिक्षणपछि दुवै पक्षले ठूला सभाहरुमा शक्ति केन्द्रित गरेका हुन् ।

आज प्रधानमन्त्री केपी शर्मा प्रचण्डको गृहजिल्लामा आयोजित जनसभालाई सम्बोधन गर्न चितवान जाँदैछन् । बस टर्मिनलमा हुने सभामा ठूलो संख्या उतार्ने तयारी ओली पक्षको छ ।

सभालाई उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, शहरी विकासमन्त्री प्रभु शाह, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङले चितवनको भरतपुरमा जनसभालाई सम्बोधन गर्दैछन् । पार्टी विभाजनपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने काठमाडौं बाहिरको यो दोस्रो जनसभा हो ।

यसअघि सुदूरपश्चिमको धनगढीमा ओलीले बृहत् जनसभालाई सम्बोधन गरेका थिए । ओली पक्षले माघ २३ गते काठमाडौंमा ठूलो सभा गर्दैछ भने २९ गते बुटवलमा गर्दैछ ।

यता प्रचण्ड–माधव पक्षले आज सुदूरपश्चिमको धनगढीमा जनसभा गर्दैछ । सभालाई सम्बोधन गर्न माधव नेपाल शुक्रबारै धनगढी पुगिसकेका छन् भने प्रचण्ड आज त्यसतर्फ जाँदैछन् ।

प्रचण्ड–माधव पक्षले यसअघि बुटवल र विराटनगरमा सभा गरिसकेको छ भने माघ २८ गते काठमाडौंमा अहिलेसम्मकै ठूलो सभा गर्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर