१२ हजार ३३८ कोभिड संक्रमित थपिए, सक्रिय संक्रमित ५७ हजारभन्दा माथि – Nepal Press

१२ हजार ३३८ कोभिड संक्रमित थपिए, सक्रिय संक्रमित ५७ हजारभन्दा माथि

काठमाडौं उपत्यकामा ६९८१ संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा कोरोनाभाइरसका १२ हजार ३३८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २७ हजार ४९७ नमुना (२१००७ पीसीआर र ६४९० एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

६४९ जना निको भएका छन् । थप ४ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ५७ हजार ३२८ पुगेको छ ।

आजको दैनिक संक्रमण दर ४४.८७ प्रतिशत छ ।

काठमाडौं उपत्यकामा आज ६९८१ जना संक्रमित थपिएका छन् जसमध्ये काठमाडौंमा ५००१, ललितपुरमा ११३० र भक्तपुरमा ८५० जना संक्रमित थपिएका छन् ।

१४ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ भने १४ जिल्लामै सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर