मेसीले भने- म बार्सिलोना फर्किन चाहन्छु – Nepal Press

मेसीले भने- म बार्सिलोना फर्किन चाहन्छु

काठमाडौं । पेरिस सेन्ट जर्मन (पीएसजी) का सुपरस्टार फर्वाड लियोनेल मेसीले प्राविधिक सचिवको भूमिकामा बार्सिलोना फर्किन चाहेको बताएका छन् ।

मेसीले सर्वकालीन प्रमुख गोलकर्ताको रूपमा बार्सिलोनामा दुई दशक बिताएका थिए । ला लिगाको आर्थिक नियमका कारण पुनः अनुबन्ध गर्न नमिलेपछि बार्सिलोनासँग आफ्नो दुई दशकको करियर बिट मार्दै उनी पीएसजी गएका थिए ।

मेसीले १० ला लिगा, चार च्याम्पियन्स लिग ट्रफीसहित ३५ उपाधि जितेको क्लब बार्सिलोनाप्रतिको आफ्नो प्यासन व्यक्त गरे ।‘मैले सधैँ भनेको छु म जुनसुकै भूमिकामा पनि बार्सिलोना फर्किन तयार छु । म प्राविधिक सचिव बन्न चाहन्छु । तर, थाहा छैन त्यो बार्सिलोनामा हुन्छ या हुँदैन ।’

मेसीले स्पोर्टसँग भने ।‘म क्लबमा फर्केर आफूले सक्ने योगदान गर्न चाहन्छु किनभने म बार्सिलोनालाई माया गर्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *