ओलीलाई माधव नेपालको जवाफ – पिलो निचोरिएर आनन्द भयो भन्नेले किन दिनदिनै संसदमा कराएको ? (भिडिओ) – Nepal Press

ओलीलाई माधव नेपालको जवाफ – पिलो निचोरिएर आनन्द भयो भन्नेले किन दिनदिनै संसदमा कराएको ? (भिडिओ)

प्रदेश १ र वागमतीमा हाम्रो नेतृत्वको सरकार बन्दैछ, स्वागतका लागि तयार हुनुस्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट आफुहरूले विद्रोह गरेकोलाई पिलो निचोरिएर जस्तो आनन्द भएको भन्ने ओलीको भनाइको जवाफ फर्काएका छन् ।

सोमबार पेसागत महासंघ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकमा बोल्दै उनले एमालेले गरिरहेको सदन अवरुद्धप्रति टिप्पणी गरेका हुन् । नेपालले भने, ‘आज हामी सुनिरहेका छौँ चोइटिएर केही मान्छेहरू गए, हाइसञ्चो भयो । यो साँच्चै हो भने त त्यो संसदमा नारा किन लगाउनुपर्‍यो हाइसञ्चो भएको मान्छेले ? कति छन्, ९ प्रतिशत छन्, २ प्रतिशत छन्, पिलो निचरिएर आनन्द भयो भन्ने मान्छेले दिनदिनै किन संसदमा कराउनुपर्ने स्थिति बनेको छ ?’

नेपालले प्रदेश १ र वागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताए । उनले प्रदेश २, कर्णाली र सुदूरपश्चिममा आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको भन्दै नेताहरूलाई धन्यवाद दिए । आफ्नो पार्टी कसैको पार्टी भन्दा कम नभएकाले नेता, कार्यकर्तालाई नआत्तिन आग्रह गर्दै नेपालले भने, ‘एक र वागमती प्रदेशमा मा छिट्टै अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ । तपाईंहरू स्वागत गर्नका लागि तयार रहनुस् ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर