पश्चिमा देशलाई जेलेन्स्कीको आग्रह- इजरायललाई जस्तै सहयोग युक्रेनलाई पनि गर्नुहोस् – Nepal Press

पश्चिमा देशलाई जेलेन्स्कीको आग्रह- इजरायललाई जस्तै सहयोग युक्रेनलाई पनि गर्नुहोस्

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका नेतृत्वको पश्चिमा देशहरूको समूहलाई आफ्नो देशलाई पनि इजरायललाई जस्तै प्रतिरक्षा गर्न आग्रह गरेका छन् ।

इरानी हमलाको अमेरिका, बेलायत लगायतका देशहरूले बाटैमा छेकेका केही उदाहरण दिँदै जेलेन्स्कीले आफ्नो देशमा हुने रुसी हमलाको पनि त्यसैगर प्रतिरक्षा गर्न आग्रह गरेका छन् ।

रुसी विश्व च्यानल आरटीका अनुसार जेलेन्स्कीले सोमबार आफ्नो टेलिग्राम च्यानलमा यस्तो आग्रह गरेका हुन् ।

अमेरिकी तथा पश्चिमा मिडियाहरूले इरानले प्रहार गरेका थुप्रै मिसाइलहरू अमेरिकी तथा बेलायती युद्ध जहाजहरूले इजरायली सीमा पुग्नु भन्दा अगाडि नै खसालेको दाबी गरेका छन् ।

त्यही दाबीलाई टेकेर जेलेन्स्कीले यस्तो आग्रह गरेका हुन् । इजरायल नेटो देश नभएको भन्दै त्यसो नहुँदा नहुँदै पनि इजरायलको प्रतिरक्षा गर्नु युद्धमा जानु नभएको भन्दै जेलेन्स्कीले नेटोको धारा ५ आवश्यक नहुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर