सन् २०२१ को काबुल आक्रमण रोक्न सकिने अवस्था थिएन: अमेरिका – Nepal Press

सन् २०२१ को काबुल आक्रमण रोक्न सकिने अवस्था थिएन: अमेरिका

काठमाडौं । सन् २०२१ मा काबुलमा भएको आत्मघाती बम विष्फोटमा परी १३ जना अमेरिकी सैनिकसहित सयौँको मृत्यु भएको घटनालाई ‘सामरिक तहमा’ रोक्न नसकिने अमेरिकी समीक्षाको निष्कर्षले देखाएको छ ।

सन् २०२१ को अगष्ट २६ मा एबे गेटमा भएको बम विष्फोटको विषयमा अमेरिकाले गरेको अनुसन्धानको निष्कर्षलाई पुनरावलोकनले पुष्टि गरेको छ ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको अन्तिम दिनमा तालिवानले सत्ता कब्जा गरेपछि काबुल विमानस्थलको परिधिमा रहेका मानिसहरूको भीडलाई लक्षित गरी आक्रमण गरिएको थियो । आक्रमणमा १७० भन्दा बढीको मृत्यु भएको थियो ।

“हमलाअघि बम आक्रमणकारीलाई नियन्त्रण गर्ने वा रोक्ने कुनै सम्भावना थिएन,” समीक्षा टोलीका एक सदस्यले नाम नबताउने शर्तमा पत्रकारहरूसँगको कुराकानीमा बताए ।

‘आक्रमण हुनुभन्दा केही समयअघि’ आक्रमणकारी आएको र स्नाइपरहरूले पहिचान गरेको ‘शंकास्पद व्यक्ति’ नभएको पुनरावलोकन टोलीका सदस्यले बताएका छन् ।

पुनरावलोकन टोलीका अर्का एक सदस्यले भने, “विगत दुई वर्षमा घटनाबारे व्यक्त भएका दृष्टिकोणमा केही सैनिक सदस्यले उक्त हमला एकाएक भएको र आक्रमण रोक्न सकिने अवस्था नै नरहेको बताएका थिए । अहिले यो दावी सही थिएनजस्तो लाग्न सक्छ तर वास्तविकता यही नै थियो ।”

यो निष्कर्ष सामुद्रिकमामिला हेर्ने पूर्व सर्जेन्ट टायलर भार्गास–एन्ड्रयुजको विवरणसँग मेल खाँदैन, उनी बम विस्फोटमा घाइते भएका थिए र यसलाई रोक्ने अवसर गुमाएको बताएका थिए ।

भार्गास–एन्ड्रुजको वक्तव्यमा यसअघि अघोषित जानकारी फेला परेको र आक्रमणपछि अन्य घाइते सैनिकको उद्धारका कारण अन्तर्वार्ता नलिएकाले गत वर्ष पूरक समीक्षा सुरु गरिएको अमेरिकी सेन्ट्रल कमान्डले त्यतिबेला बताएको थियो ।

एबे गेटमा भएको बम विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट जिहादी समूहले लिएको थियो र ह्वाइट हाउसले गत वर्ष तालिबानले आक्रमणका मुख्य योजनाकारलाई मारेको बताएको थियो ।

अमेरिकी सेना फिर्ता भएपछि तालिवान लडाकुहरूले गरेको आक्रमणलाई अफगान सेनाले रोक्न खोजे पनि सशक्त र सशस्त्र आक्रमणको सामना गर्ने कुरा असाध्य बनेको थियो ।

आक्रमण अघि र पछि गरी काबुलको अन्तर्राष्ट्रिय विमानस्थलबाट एक लाख २० हजारभन्दा बढी मानिस देशबाट पलायन बनेका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले लामो समयदेखि अमेरिकी सेनाले अफगानिस्तान छोड्ने निर्णयको बचाउ गर्दै आउनुभएको छ र यसलाई आलोचकहरूले अफगान सेनाको विनाशकारी पतनको कारण बनाउन मद्दत गरेको बताएका छन् ।

यसले तालिवानको पहिलो सरकार अपदस्थ गरेको दुई दशकपछि तालिबानलाई सत्तामा फर्कने बाटो खुलेको थियो ।

(((


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर