अफ्रिकी देश निजेरमा अमेरिकी सेना फिर्ताको माग गर्दै प्रदर्शन – Nepal Press

अफ्रिकी देश निजेरमा अमेरिकी सेना फिर्ताको माग गर्दै प्रदर्शन

काठमाडौं । अफ्रिकी देश निजेरमा अमेरिकी सेना फिर्ता हुनुपर्ने माग राखेर प्रदर्शन भएको छ ।

जर्मनीको विश्व च्यानल आरटीका अनुसार निजेरको राजधानी मियामेमा हजारौँ प्रदर्शनकारीहरुले देशको उत्तरी क्षेत्रमा भएका अमेरिकी सेनाको फिर्ता हुनुपर्ने माग राखेर प्रदर्शन गरेका हुन् ।

फ्रान्सको पूर्व उपनिवेश पश्चिम अफ्रिकी देश निजेरमा सेनाले सत्ता कब्जा गरेको छ ।

निजेरको सेनाले अमेरिकासँग गरेको सैन्य सम्झौता अन्त्य गर्ने बताएसँगै अमेरिकी सेना फिर्ताको माग राखेर प्रदर्शनहरू भएका हुन् ।

ताजा प्रदर्शन शनिवार भएको बताइएको छ । निजेरको राष्ट्रिय सभा अगाडि भएको प्रदर्शनमा सैन्य सत्ता जुन्टाका अधिकारीहरू पनि देखिएका थिए ।

प्रदर्शनकारीहरुले ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’, ‘जनमुक्ति मार्च जारी छ’ जस्ता नारा लगाएका थिए ।

प्रदर्शनकारीहरुले माली, बुर्किना फासो, निजेर र रुसका झन्डाहरू बोकेर प्रदर्शन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर