यस्तो बन्यो नयाँ बजेट लेख्ने टीम – Nepal Press

यस्तो बन्यो नयाँ बजेट लेख्ने टीम

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट लेख्ने टिम बनाएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले बजेट मस्यौदा लेखन समिति गठन गरेका हुन् ।

मन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य लेखनका लागि शुक्रवार समिति गठनको निर्णय गरेका हुन् ।

सहसचिव धनिराम शर्माको संयोजकत्वमा गठित समितिमा सहसचिवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।

शर्मा, शाक्य, आचार्यद्वय र अर्याल अर्थ मन्त्रालयमा कार्यरत छन् । शर्मा आन्तरिक राजश्व कार्यालयमा उप महानिर्देशक छन् ।

समिति संयोजक शर्माले शनिवार नै बैठक बसेर समितिले काम थाल्ने जानकारी दिए । विषयगत मन्त्रालयहरूसँग समन्वय गरेर तत्काल बजेट लेखनको काम थालिने शर्माको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर