अधिवेशनको तयारीमा भोजपुर एमाले, अध्यक्ष भन्छन्- मिसन ८४ सफल पार्न अहिलेदेखि एकढिक्कासाथ लाग्छौं – Nepal Press

अधिवेशनको तयारीमा भोजपुर एमाले, अध्यक्ष भन्छन्- मिसन ८४ सफल पार्न अहिलेदेखि एकढिक्कासाथ लाग्छौं

भोजपुर । नेकपा एमाले जिल्ला कमिटी भोजपुर ९औं अधिवेशनको तयारीमा जुटेको छ । वैशाख ३-४ गते जिल्ला अधिवेशन गर्ने निर्णयअनुसार व्यवस्थापकीय र सांगठानिकरूपमा तयारी तीव्र पारिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा भोजपुर एमालेका अध्यक्ष शरणकुमार राईले मिसन ०८४ मा भोजपुरमा एमालेले क्लिनस्वीप पार्ने मुख्य उद्देश्यका साथ अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरी पार्टीलाई एक ढिक्का बनाएर लैजाने गरी आफू लागेको बताए ।

उनले भने, ‘जिल्लामा सहमतिबाटै नेतृत्व चयन गरिएको विगतको इतिहासलाई पनि मध्यनजर गर्दै आउँदो नवौं जिल्ला अधिवेशनमा एक ढिक्का बनाएर सर्वसम्मत नेतृत्व चयन तर्फ जान्छौं । नेतृत्वमा आउन सबैको इच्छा आकांक्षा हुन्छ । सबै नेताहरूलाई जिम्मेवारी पाउने वातावरण बनाएर अगाडि बढ्छौं ।’

अधिवेशनका लागि अध्यक्ष राईको अध्यक्षतामा अधिवेशन मूल आयोजक कमिटी बनाइएको छ । जसमा जिल्ला कमिटीका पदाधिकारी, सबै सदस्य साथै ९ वटै स्थानीय तहका इन्चार्ज र भोजपुर नगर कमिटीका अध्यक्ष सदस्य छन् ।

अधिवेशनका लागि अध्यक्ष राईको संयोजकत्वमा राजनितिक तथा सांगठानिक प्रतिवेदन लेखन समिति, रमादेवी राईको संयोजकत्वमा आर्थिक प्रतिवेदन लेखन समिति, ध्यानबहादुर राउतको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति, नविन प्रधानको संयोजकत्वमा खाना आवास समिति, एक्सन राईको संयोजकत्वमा प्रचारप्रसार, इन्द्र थापाको संयोजकत्वमा आर्थिक संकलन, रेवतीरमन थापाको संयोजकत्वमा स्वयंसेवकलगातका समिति बनाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

तीर्थ कुमार राईको संयोजकत्वमा उत्तमसिं राई, दावातेन्जिङ शेर्पा, योगराज लुईटेल, भोला राई, खगेन्द्र राई, सम्झना प्रधान सम्मिलित रहेको ७ सदस्यीय निर्वाचन कमिटी बनाइउको छ । अधिवेशमा भोजपुर जिल्लाका ८१ वडा, १८ वटा जनसंगठनबाट करिब ६ सय जना प्रतिनिधि सहभागी हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर