आईपीयू महासभामा भाग लिएर सभामुख नेतृत्वको टोली स्वदेश फिर्ता (भिडिओ) – Nepal Press

आईपीयू महासभामा भाग लिएर सभामुख नेतृत्वको टोली स्वदेश फिर्ता (भिडिओ)

नेपालमा जलवायु परिवर्तनले पारिरहेको असरबारे प्रभावकारी आवाज उठाएको सभामुख घिमिरेको भनाइ

काठमाडौं । अन्तर-व्यवस्थापिका संघ को १४८औँ महासभामा भाग लिएर सभामुख देवराज घिमिरे नेतृत्वको टोली स्वदेश फर्किएको छ ।

विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभामुख उक्त सभामा नेपालको तर्फबाट विश्वमा देखापरेका भौगोलिक, क्षेत्रीय द्वन्द्व र शान्तिमा देखापरेका समस्याका बारेमा कुरा उठाएको बताए । संसदहरूको डिप्लोमेसी, अहिलेको परिस्थितिमा डिप्लोमेसीले शान्ति र प्रगतिको लागि के कामहरु गर्न सकिन्छ ? सद्भाव र शान्ति विकास गर्नका लागि कसरी काम गर्ने ? यसको के महत्व छ ? भन्ने विषयमा आधारित भएर छलफल भएको उनले बताए ।

नेपालले सभामा जलवायु परिवर्तनलगायतका विभिन्न ठाउँमा देखा परिरहेका समस्या समाधान गर्न संसदले कुटनीतिक ढंगबाट भूमिका खेल्नुपर्ने बारेमा कुरा उठाएको उनले बताए । नन एलाइमेण्ट मोमेण्टमा पनि नेपालको तर्फबाट सहभागिता जनाएको र अहिले देखापरेका चुनौती, जलवायु परिवर्तनले पारिरहेको प्रभाव र नेपाल तथा नेपालजस्ता मुलुकहरुमा तत्काल परेका असरहरूलाई न्यूनीकरण गर्ने लगायतका विषयमा पनि छलफल भएको घिमिरेको भनाइ छ ।

उक्त प्रतिनिधिमण्डलमा प्रतिनिधिसभाका सदस्यहरू रमेश लेखक, महेशकुमार बर्तौला, हितराज पाण्डे र सन्तोष परियार तथा राष्ट्रियसभाका सदस्य गंगाकुमारी बेलबासे, संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेय, संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी, सभामुखका प्रमुख स्वकीय सचिव तेज प्रकाश भट्टराई र संघीय संसद सचिवालयका उपसचिव प्रदीप गुरागाईं सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *