एमाले झापाको अधिवेशनको बन्द सत्र सुरु हुँदै, अध्यक्षमा २ जना आकांक्षी – Nepal Press

एमाले झापाको अधिवेशनको बन्द सत्र सुरु हुँदै, अध्यक्षमा २ जना आकांक्षी

विराटनगर । नेकपा एमाले झापाको ११ औँ जिल्ला अधिवेशनको बन्द सत्र केही बेरमा सुरु हुँदैछ ।

अधिवेशनबाट अध्यक्ष हुन दुई जनाले आकांक्षा देखाएका छन् । अहिलेको कार्यवाहक अध्यक्ष प्रेम गिरी र सचिव शिव ढुङ्गेलका बीचमा अध्यक्षका लागि प्रतिस्पर्धा छ ।

तर नेतृत्वले सर्वसम्मत नेतृत्व छनौटको तयारी गरेको छ । तर दुवै जना अध्यक्षबाट ब्याक हुने अवस्था नरहेकाले निर्वाचन कमिटीले भने निर्वाचनको तयारी गरेको छ ।

सचिवमा भने तुलसी कार्की र बोधप्रसाद घिमिरेले आकाक्षी छन् । कार्की पार्टी अध्यक्ष केपी ओलीका संसद् प्रतिनिधि हुन् ।

उप सचिवमा भने टीकाराम मग्राती र खगेन्द्र नेपालले आकांक्षा देखाएका छन् । महिला उप सचिवमा भने देवीमाया भट्टराई, मिना विश्वकर्मा र अनिता कन्दंगवा आकाङ्क्षी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर