एमाले उदयपुरकाे अध्यक्षमा भागवत निर्वाचित, पदाधिकारीदेखि सदस्यसम्म काे-काे आए ? (मतसहित) – Nepal Press

एमाले उदयपुरकाे अध्यक्षमा भागवत निर्वाचित, पदाधिकारीदेखि सदस्यसम्म काे-काे आए ? (मतसहित)

उदयपुर । नेकपा एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित भएका छन् । गएराति भएको निर्वाचनको अन्तिम परिणाम आउँदा राउत ३४४ मत प्राप्त् गरी निर्वाचित भएका हुन् ।

राउतसँग प्रतिस्पर्धा गरेका निवर्तमान अध्यक्ष परमेश्वर घिमिरेले २३० मत प्राप्त गरेका छन् । घिमिरेलाई राउतले १ सय १४ मतको अन्तरले पराजीत गरी उदयपुर एमालेको नेतृत्व लिएका हुन् । यसैगरी उपाध्यक्षमा कालुमान लामा एक मतले विजयी भएका हुन् ।

विजयी लामाले १९२ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी दिलबहादुर तामाङले १९१ र भरतबहादुर थापाले १३७ मत प्राप्त गरेका छन् । यसैगरी सचिवमा टेकबहादुर राउत बिजयी हुनुभएको छ । राउतले १९१ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी महेश रोकाले १४० र शम्भु पौडेलले १८३ मत प्राप्त गरेका छन् ।

उपसचिव खुलातर्फ हेमबहादुर खडका निर्वाचित भए । खडका १९४ मत प्राप्त गरी बिजयी बन्दा अन्य उम्मेदवारहरु जीवनाथ दाहाल १०८, दुर्गानन्द चौधरी ५३, धर्मबहादुर तामाङ ४६ र मन्दिप राईले ९३ मत प्राप्त गरेका छन् ।

महिला उपसचिवमा गंगा राई २६० मत प्राप्त गरी निर्वाचित भउकी छन् । उनका प्रतिस्पर्धी महेश्वरी राईले १४९ र गीता खडकाले १२५ मत प्राप्त गरेका छन् । यसैगरी सदस्यहरुमा कुनै पालिकामा निर्वाचन र कुनै पालिकामा सर्वसम्मत भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर