एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते हुने – Nepal Press

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते हुने

नेतृत्वका लागि अस्वस्थ प्रतिस्पर्धामा नजान नेतृत्वको निर्देशन

रुपन्देही । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६ र १७ गते भैरहवामा हुने भएको छ । बिहीबार बसेको दशौं पूर्ण बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो ।

अधिवेशनअघि पार्टी सदस्यता नवीकरण, पार्टी स्कुल सञ्चालनका साथै अधिवेशन लक्षित विभिन्न उपसमितिहरु गठन गर्नेलगायतका निर्णय गरेको पार्टीका जिल्ला प्रचार विभाग प्रमुख हितराज पन्थीले जानकारी दिए ।

पार्टी जिल्ला अध्यक्ष तेजेन्द्र केसीको अध्यक्षता र पार्टी केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यमा बसेको बैठकले जिल्ला अधिवेशनको मिति तय गर्नुका साथै विभिन्न निर्णयहरु गरेको प्रचार विभाग प्रमुख पन्थीले बताए ।

उक्त बैठकमा पार्टीका पोलिटब्यूरो सदस्य तथा रुपन्देही इन्चार्ज दलबहादुर राना, पोलिटब्यूरो सदस्य लिला गिरी, दधिराम न्यौपाने, केन्द्रीय सदस्य भूमिश्वर ढकाल, केन्द्रीय सदस्यहरु सावित्रा अर्याल, गोमा आचार्य तथा केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेल, एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कडेल, उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ र केन्द्रीय सल्लाहकार परिषद् सदस्य रामप्रसाद भट्टराईलगायतका नेताहरुको आतिथ्यमा बैठक सम्पन्न भएको थियो ।

अधिवेशनका लागि जिल्ला अध्यक्ष केसीको संयोजकत्वमा जिल्ला कमिटीका सबै रहनेगरी मूल व्यवस्थापन कमिटी गठन गरिएको छ ।

यसैगरी अधिवेशनका लागि राजनैतिक प्रतिवेदन लेखन समिति, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, प्रतिनिधि व्यवस्थापन, प्रचार प्रसार, स्वयंसेवक परिचालन, मञ्च व्यवस्थापन, खाद्य व्यवस्थापन, अतिथि सत्कार, जनपरिचालन, अनुगमन तथा मूल्याङ्कन समिति गठन गरी जिम्मेवारी समेत प्रदान गरिएको एमाले जिल्ला सचिव यज्ञ गैरेले जानकारी दिए । बैठकले विभिन्न समितिहरु गठन र जिम्मेवारी बाँडफाँड गरेको छ ।

राजनैतिक प्रतिवेदन लेखन समितिको संयोजकमा अध्यक्ष केसी र सदस्यहरुमा यज्ञ गैरे, चित्रबहादुर कार्की, हितराज पन्थी, युवराज घिमिरे, बाबुराम पन्थी, बेद गिरी, नरबहादुर घर्ति, जीवनाथ पाण्डे र बालकृष्ण पाण्डेलाई जिम्मेवारी तोकिएको छ । यस्तै सांगठनिक प्रतिवेदन लेखन समितिमा यज्ञ गैरे, बेद गिरी, बाबुराम पन्थी, नरबहादुर घर्ति, जीवनाथ पाण्डे र बालकृष्ण पाण्डे रहेको समिति गठन भएको छ ।

यस्तै आर्थिक प्रतिवेदनमा यज्ञ गैरे, हितराज पन्थी, गोविन्द रेग्मी, बालकृष्ण पाण्डे र पुन्यप्रसाद सापकोटा, प्रतिनिधि ब्यवस्थापनमा यज्ञ गैरे, चित्रबहादुर कार्की, हितराज पन्थी, बेद गिरी, बाबुराम पन्थी, नरबहादुर घर्ति, जीवनाथ पाण्डे र बालकृष्ण पाण्डे रहेको समिति गठन भएको प्रचार विभाग प्रमुख पन्थीले जानकारी दिए ।

यसैगरी प्रचार प्रसार समितिमा संयोजक हितराज पन्थी र प्रचार विभागका सबै पदाधिकारी तथा सदस्यहरु रहेको समिति गठन भएको छ । यसैगरी स्वयंसेवक परिचालनमा संयोजक चित्रबहादुर कार्की र सदस्यहरुमा जनसंगठनका पार्टी जिल्ला कमिटीले तोकेका सबै इन्चार्जहरु रहेको समिति गठन भएको छ ।

अधिवेशनको मञ्च ब्यवस्थापनका लागि संयोजकमा यज्ञ गैरे, सदस्यहरुमा हितराज पन्थी, चोपलाल आचार्य, जिवलाल अर्याल, प्रेम सेन्चुरी, डिजाइन थापा, उत्तमकुमार श्रेष्ठ, सन्देश चापागाई, डिलकुमारी कुँवर, हरिसचन्द्र बिश्वकर्मा, सिता काफ्ले, कृष्ण पन्थी र चक्र थापा रहेको समिति गठन भएको छ ।

खाद्य ब्यवस्थापनमा संयोजक हितराज पन्थी र सदस्यहरुमा नरबहादुर थापा र सोहन थारु, अतिथि सत्कारमा संयोजक हितराज पन्थी र सदस्यहरुमा बिना राना, मधुकला कुँवर, उमा अधिकारी र मञ्जित यादव रहेको समिति गठन भएको छ ।

जनपरिचालनमा संयोजक चित्रबहादुर कार्की र सदस्यहरुमा क्षेत्रीय कमिटीका संयोजकहरु, प्रदेशसभा निर्वाचन क्षेत्रीय कमिटीका संयोजकहरु, पालिका कमिटीका अध्यक्षहरु, जनसंगठनका जिल्ला अध्यक्षहरु रहेको समिति गठन भएको छ । अनुगमन तथा मुल्यांकन समितिमा संयोजक दलबहादुर राना र सदस्यहरुमा दधिराम न्यौपाने, भुमिश्वर ढकाल, शिवराज सुवेदी, सावित्रा अर्याल, गोमादेवि आचार्य, कमल गौतम र तेजेन्द्र केसी रहेका छन् ।

जिल्ला कमिटीको १० औं अधिवेशनका लागि प्रतिनिधि छनौट मापदण्ड, प्रकृया तथा नयाँ कमिटीको संरचनालगायतका अन्य सम्पूर्ण विषयमा आवश्यक निर्णय गर्ने अधिकार कमिटीको सचिवालयलाई जिम्मा दिने निर्णय भएको एमाले जिल्ला सचिव गैरेले बताए ।

२०८१ को सदस्यता नविकरणको काम पार्टीको विधान र नियमावली अनुसार चैत्र महिनामा सम्पन्न गर्ने, पार्टी सदस्यता नविकरण र विस्तारका लागि पार्टी केन्द्रले जारी गरेको विशेष निर्देशन अनुसार गर्ने निर्णय गरिएको प्रचार विभाग प्रमुख पन्थीले जानकारी दिए ।

अधिवेशनको मिति तोकिएसंगै नेतृत्वमा जानका लागि अस्वभाविक र अस्वस्थ प्रतिस्पर्धा सबै बर्जित गरिएको भन्दै नेताहरुले सचेत गराएका छन् । बैठकमा अतिथिका रुपमा रहेका नेताहरुले सम्बोधनका क्रममा जिल्ला नेतृत्वका लागि अनावश्यक हानाथाप र अस्वस्थ प्रतिस्पर्धा नगर्न निर्देशन दिएका थिए ।

केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टीको नीति र सिद्दान्तलाई आत्मसात गर्दै सबल र समुन्नत मुलुक निर्माणका निम्ति एमालेको नेतृत्व स्थापित गर्नेगरी भूमिका निर्वाह गर्न पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिइन् ।

पोलिटब्यूरो सदस्यहरु दलबहादुर राना, लिला गिरी, दधिराम न्यौपाने तथा केन्द्रीय सदस्यहरुले पार्टीको दशौं महाधिवेशनले निदृष्ट गरेको नीति तथा कार्यक्रमको पालना गर्दै अनुशासित भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर