नेपालीपन झल्कने नाम नभएका विद्यालयलाई काठमाडौं महानगरले दियो १ महिने अल्टिमेटम – Nepal Press

नेपालीपन झल्कने नाम नभएका विद्यालयलाई काठमाडौं महानगरले दियो १ महिने अल्टिमेटम

काठमाडौं । काठमाडों महानगरले नेपालीपन झल्कने नाम नभएका संस्थागत विद्यालयहरुलाई नाम परिवर्तन गर्न एक महिनाको अल्टिमेटम दिएको छ ।

महानगरले शिक्षा नियमावली, २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० अनुसार नेपालीपन झक्लिने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था भएको उल्लेख गर्दै त्यस्ता नाम नभएकालाई एक महिनाभित्र नाम परिवर्तन गर्न भनेको हो ।

महानगरको शिक्षा विभागकी निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलले परिपत्र जारी गर्दै यस्तो निर्देशन जारी गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर