राष्ट्रपतिलाई ‘आतंककारी’ भनेपछि कोलम्बियाले निष्कासन गर्‍यो अर्जेन्टाइन कूटनीतिज्ञ – Nepal Press

राष्ट्रपतिलाई ‘आतंककारी’ भनेपछि कोलम्बियाले निष्कासन गर्‍यो अर्जेन्टाइन कूटनीतिज्ञ

काठमाडौं । अर्जेन्टिनाका राष्ट्रपतिले कोलम्बियाका राष्ट्रपतिलाई आतंककारी र हत्यारा भनेपछि कोलम्बियाले अर्जेन्टिनाका कूटनीतिज्ञलाई निष्कासन गरेको छ ।

अर्जेन्टिनाका दक्षिणपन्थी नवनिर्वाचित राष्ट्रपति खाभियर मिलेले कोलम्बियाका वामपन्थि राष्ट्रपति गेस्ताबो पेत्रोलाई आतंककारी र हत्यारा भनेयस्तो यस्तो भएको हो ।

कोलम्बियाको परराष्ट्र मन्त्रालयले अर्जेन्टिनाका राष्ट्रपतिले प्रजातान्त्रिक रुपमा निर्वाचित राष्ट्रपतिलाई अपमानजनक रुपमा गरेको टिप्पणीले दुई देशको विश्वासमा कमी आएको भन्दै बुधबार वक्तव्य दिएको जर्मनीको श्वि च्यानल डिडब्लूले उल्लेख गरेको छ ।

यद्यपि, कोलम्बियाको परराष्ट्र मन्त्रालयले कति जना कूटनीतिज्ञहरुलाई निष्कासन गरिने भन्ने बारेमा भने केहि खुलाएको छैन । अमेरिकी च्यानल सिएनएनलाई दिएको अन्तरवार्तामा मिलेले त्यस्तो टिप्पणी गरेका थिए । पुरा अन्तरवार्ता सार्वजनिक हुन बाँकी भएपनि उनको त्यो टिप्पणी सार्वजनिक भइसकेको छ । उनले सीएनएनसँग भनेका छन्, ‘कुनै बेलाको आतंककारी र हत्यारा पेत्रोबाट तपाइँले केहि आशा गर्न सक्नुहुन्न ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर