रोहितको गुनासो- सरकारले घोषणा गरेको आधाभन्दा बढी पुरस्कार पाएका छैनौँ (भिडिओ) – Nepal Press

रोहितको गुनासो- सरकारले घोषणा गरेको आधाभन्दा बढी पुरस्कार पाएका छैनौँ (भिडिओ)

काठमाडौं । नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले सरकारले घोषणा गरेको आधाभन्दा बढी पुरस्कार नपाएको गुनासो गरेका छन् ।

एसीसी प्रिमियर लिग र भारतमा अभ्यास खेल्न जाने क्रिकेट टीमको बिदाइ कार्यक्रममा कप्तान रोहितले टी-२० विश्वकपमा छनोट भएको ५ महिना बितिसक्दा पनि सरकारले घोषणा गरेको रकम नपाएको गुनासो गरेका हुन् ।

‘सरकारले घोषणा गरेको ५०/६० प्रतिशत रकम अहिलेसम्म पाएका छैनौँ,’ उनले भने, ‘टी-२० विश्वकप छनोटपछि घोषणा गरेको रकम अहिलेसम्म उहाँहरूले भुक्तानी गर्नुभएको छैन ।’

उनले थपे, ‘विश्वकप खेल्न १र२ महिना बाकी छ । दिनुहुन्छ भन्नेमा मलाई विश्वास छ ।’

उक्त कार्यक्रम प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले रकम भुक्तानीका लागि प्रक्रिया अगाडि बढाएको बताए ।

‘कप्तानले भने जस्तै अरू खेलको पनि छ । अहिले त्यसलाई अगाडि बढाएका छौँ,’ उनले भने, ‘तपाईँहरू प्रदर्शनले हामीलाई यहाँ सम्बन्धित ठाउँमा दह्रोसँग उभिन मद्दत गर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *