इलाम २ मा उम्मेदवार बन्न रास्वपामा ६ जनाको दावेदारी – Nepal Press

इलाम २ मा उम्मेदवार बन्न रास्वपामा ६ जनाको दावेदारी

काठमाडौं । इलाम २ मा हुने उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्न ६ जनाको दावेदारी परेको छ । पार्टीले आन्तरिक रुपमा गर्ने प्राइमरी इलेक्सनका लागि ६ जना खडा भएका हुन् ।

उम्मेदवारी दिनेहरुमा एक महिला र ५ पुरुष छन् । पार्टीको केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले निकालेको सूचनाअनुसार गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू र डा. शेषरमण न्यौपानेले उम्मेदवारी दिएका हुन् ।

प्रारम्भिक उम्मेदवारीउपरको दावी विरोध गर्ने समय चैत १४ देखि १५ गते दिउँसो १ बजेसम्मलाई निर्धारण गरिएको छ । पार्टी स्रोतका अनुसार हालै माओवादी त्याग गरेका मिलन लिम्बूलाई उम्मेदवार बनाउने नेतृत्वको तयारी छ ।

प्राविधिक रुपमा प्राइमरी इलेक्सन भनिए पनि अन्य उम्मेदवारलाई पछि हट्न दबाब दिएर मिलनलाई खडा गर्ने बलियो सम्भावना रहेको छ । मिलन जनजाति पत्रकार महासंघका महासचिव तथा रास्वपा सभापति रवि लामिछानेका पूर्वसहकर्मी पनि हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर