भोजपुर चखेवामा महोत्सव हुँदै, मुन्दुम पदमार्ग प्रवर्द्धन मुख्य उद्देश्य – Nepal Press

भोजपुर चखेवामा महोत्सव हुँदै, मुन्दुम पदमार्ग प्रवर्द्धन मुख्य उद्देश्य

भोजपुर । भोजपुर-खोटाङको सिमानामा रहेको पर्यटकीय स्थल चखेवामा नयाँ वर्षको अवसरमा महोत्सव आयोजना हुने भएको छ ।

टेम्केमैयुम गाउँपालिकाको सहयेगमा चखेवा बजार तथा शहरीकरण व्यवस्थापन समितिको आयोजनामा वैशाख १-३ सम्म कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव सञ्चालन गरिने आयोजक समितिका अध्यक्ष आईके राईले जानकारी दिए ।

स्थानीय उत्पादनदेखि विभिन्न परम्परागत सामग्री महोत्सवको आकर्षकको रूपमा रहने उनले बताए । मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि वृतचित्रसमेत प्रदर्शन गरिने भएको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति, कविता प्रतियोगिता पनि गरिने भएको छ ।

साहित्यकार एवं कलाकारहरू ज्ञानमणि नेपाल, गणेश रसिक, बुलु मुकारुङ, वसन्त मुकारुङ, श्रवण मुकारुङ, शुभ मुकारुङ, राजन मुकारुङ, पारस मुकारुङ, दिनेश बान्तवा, अम्मर बान्तु, कविता राईलगायतको प्रस्तुति रहनेछ ।

यसैगरी कलाकारहरु दयाहाङ राई, भीषण मुकारुङ, कमलीकान्त भेटवाल, सुनिता थेगिम, बबिना किराती, चन्द्रकला राई, फुलन्देको आमा उमेश राईलगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कृषि पर्यटन र सांस्कृतिक पूर्वाधार टेम्केमैयुङ गाँउपालिकाको आधार भएको कारण महोत्सव हुन गइरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए ।

महोत्सवस्थल चखेवा धरानबाट ६ घण्टामा (१९२ किमी) पार गरेर पुग्न सकिन्छ । त्यस्तै काठमाडौंबाट करिब १० घन्टा (३०० किमी) दूरीमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *