इंग्ल्यान्ड र बेल्जियम बराबरी – Nepal Press

इंग्ल्यान्ड र बेल्जियम बराबरी

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा घरेलु टोली इंग्ल्यान्ड र बेल्जियम बराबरीमा रोकिएका छन् । मङ्गलबार राती भएको खेलमा घरेलु टोली इंग्ल्यान्डले खेलको अन्तिम समयमा गोल गरेपछि उसकाे हार टरेको हो ।

वेम्वली स्टेडियम लन्डनमा मंगलबार भएको खेलको ११औं मिनेटमा युरी टिलेमान्सले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । तर १७औं मिनेटमा इभान टोनीले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

३६औं मिनेटमा टिलेमान्सले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै बेल्जियमलाई पहिलो हाफमा २–१ को अग्रत दिलाए ।

पहिलो हाफमा २१ ले अग्रता कायम गरेको बेल्जियले दोश्रो हाफको इन्ज्युरी समयको पाचौं मिनेटमा गोल खान पुग्यो । इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा युवा खेलाडी बेलिङहमले गोल गर्दै इंग्ल्यान्डलाई हारबाट जोगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर