एसईई दिने विद्यार्थीसँग ओलीले गरे जुम कुराकानी, दिए सफलताको शुभकामना (भिडिओ) – Nepal Press

एसईई दिने विद्यार्थीसँग ओलीले गरे जुम कुराकानी, दिए सफलताको शुभकामना (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने विद्यार्थीहरुलाई शुभकामना व्यक्त गरेका छन् ।

उनले बुधबार साँझ एसईई दिन लागेका केही विद्यार्थीहरुसँग छोटो समय जुममा कुराकानी गर्दै परीक्षामा सफलताको शुभकामना दिएका हुन् । उनले विद्यार्थीहरुको हातमा बुबाआमा, साथी सबैलाई खुशी बनाउने जिम्मेवारी रहेको भन्दै राम्ररी अध्ययन गरेर परीक्षा दिन आग्रह गरे ।

ओली विद्यार्थीहरुसँग गरेको कुराकानी फेसबुक पेजमार्फत सार्वजनिक गरेका छन् । ‘पर्सिदेखि एसईई परीक्षा सुरू हुँदैछ । परीक्षाको तयारीमा रहेका भाइबहिनीहरूसँग आज एकैछिन कुरा गर्ने अवसर मिल्यो । ढुक्कसँग, आत्मविश्वासका साथ परीक्षा दिनुस्, सफलता पाउनुस् । सबैलाई शुभकामना’, ओलीले भिडिओको क्याप्सनमा लेखेका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर