प्रदीप पौडेल भन्छन्- कांग्रेसलाई यो देशले आफैं सत्तामा पुर्‍याउँछ – Nepal Press

प्रदीप पौडेल भन्छन्- कांग्रेसलाई यो देशले आफैं सत्तामा पुर्‍याउँछ

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सत्तारुढ गठबन्धन आफैँ झगडा गरेर समाप्त हुने जिकिर गरेका छन् ।

नवीन्द्रराज जोशीको तेस्रो वार्षिकीमा आयोजित अन्तरक्रियामा उनले सत्तारुढ गठबन्धन स्थायी नहुने भएकाले कांग्रेसलाई मुलुकले फेरि सत्तामा पुर्‍याउने दाबी गरे ।

पौडेलले ,‘नेपाली कांग्रेसका लागि सत्ता ठूलो होइन । पर्खेर बसौं कांग्रेसलाई यो देशले आफैं फेरि सत्तामा पुर्‍याउँछ । त्यसका निम्ति हतार नगरौं । अहिले जुन गठबन्धन बनेको छ । त्यो गठबन्धन चीरस्थायी हुँदैन । चिरञ्जीवी हुँदैन । उहाँहरू आफैँमा झगडा गरेर यो गठबन्धन समाप्त हुनेछ । तर नेपाली कांग्रेस सत्तामा जाँदै गर्दा किन जाने हो, के गर्न जाने हो, कुन कुन क्षेत्रमा कसरी काम गर्ने हो ? भन्ने कुरा प्रष्ट हुनुपर्छ ।’

सांसद पौडेलले लोकतन्त्रमाथि देखिएका बेथिति अन्त्य गर्ने कामको नेतृत्व, मुलुकको समृद्धि यात्राको नेतृत्व नेपाली कांग्रेसले नै गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर