राजश्व विभागका महानिर्देशकसहित पाँच सहसचिवको सरुवा, अर्थमा ३ जना भित्रिए – Nepal Press

राजश्व विभागका महानिर्देशकसहित पाँच सहसचिवको सरुवा, अर्थमा ३ जना भित्रिए

काठमाडौं । सरकारले पाँचजना सहसचिवको सरुवा गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक राजश्व विभागका महानिर्देशक भुपाल बरालसहित विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवको सरुवा गरेको हो ।

बराल महानिर्देशकको जिम्मेवारीमा गएको दुई महिना नपुग्दै विभागीय प्रमुखको जिम्मेवारीबाट सरुवा भएका छन् । उनलाई अर्थ मन्त्रालयबाटै अन्य निकायमा पठाइएको हो ।

मन्त्रालय स्रोतका अनुसार अर्थ मन्त्रालयका दुई सहसचिवलाई अन्य निकायमा सरुवा गर्दै मन्त्रिपरिषद् बैठकले तीन सहसचिवलाई अर्थ मन्त्रालयमा भित्र्याइएको छ । जसमा महानिर्देशक बराललाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रालयमा नै कार्यरत अर्जुनप्रसाद भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पठाइएको छ ।

त्यसैगरी अर्थ भित्रिने सहसचिवमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी रहेर अहिले नेपाल पर्यटन तथा होटेल व्यवसाय प्रतिष्ठानका सहसचिव ढुण्डीप्रसाद निरौला, वन तथा वातावरण मन्त्रालय अन्तर रहेको वातावरण विभागका महानिर्देशक शिवलाल तिवारी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव नारायणप्रसाद सापकोटा रहेका छन् ।

उनीहरूलाई जिम्मेवारी भने दिन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *