कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन- कसैको त्रासमा नपरी असल नियतले काम गर्नुस् – Nepal Press

कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन- कसैको त्रासमा नपरी असल नियतले काम गर्नुस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सचिवहरुलाई नडराई कानूनबमोजिम काम गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री कार्यालयमा सोमबार भएको छलफलमा उनले नियत सफा राखेर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नुहोला, कानूनबमोजिम काम गर्न डराउनुपर्दैन । असल नियतले काम गरेको विषयमा निर्दोष मानिसलाई कहींकतै समस्या भएमा त्यसको जिम्मेवारी मैले लिनेछु ।’

नयाँ समीकरणको सरकार थप ऊर्जा, नयाँ सोच, उद्देश्य, कार्यसूची र कार्ययोजनाका साथ आएको उनले बताए । प्रधानमन्त्रीले राजनीति र प्रशासक सरकारका अभिन्न अंग भएकाले थप जोसका साथ काम गर्न आग्रह गरे ।

उनले भने, ‘म आफू पनि राष्ट्र र कानूनविपरीतको कुनै पनि काम गर्दिनँ र तपाईंहरू पनि यस्तो कार्यमा लाग्नु हुनेछैन भन्ने मैले विश्वास लिएको छु । जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवा प्रवाह गर्नुपर्नेमा हामीले जोड दिनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर