दोहोरो अंकले घट्यो नेप्से, करिब साढे दुई अर्बको कारोबार – Nepal Press

दोहोरो अंकले घट्यो नेप्से, करिब साढे दुई अर्बको कारोबार

काठमाडौं । लगातार चौथो कारोबारका दिन पनि शेयर बजार दोहोरो अंकले घटेको छ । साताको दाेस्राे दिन आइतबार नेप्से परिसूचक १७.०१ अंकले घटेर २०३१.५५ बिन्दुमा अडिएको हो ।

अघिल्लो कारोबारका तीन दिन लगातार घटेको नेप्से आइतबार १७ अंकले घटेर बन्द भएको हो । यसदिन बजारमा ७० लाख ६१ हजार १२ किक्ता सेयरको खरिदबिक्री हुदाँ २ अर्ब ४८ करोड ९१ लाख १८ हजार रुपैयाँको कारोबार भएको छ ।

दोहोओ अंकले घटेको बजारमा बोटल्स नेपाल बालाजुको सेयरमूल्यमा सकारात्मक सकिर्ट लागेर लगानीकर्ताहरु सर्वाधिक नफामा रहेका छन् । भने, किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा नगेटिभ सकिर्टका सार्थ सार्वधिक गुमाउनेमा रहेको छ । त्यस्तै, कारोबारका आधारमा गोरखाज फाइनान्स २८ करोड ९० लाख रुपैयाँको कारोबारका साथ सर्वाधिक नाफामा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर