लगानी सम्मेलन : उद्योग विभागले एकै दिन स्वीकृत गर्‍यो ९ अर्ब १३ करोड लगानी – Nepal Press

लगानी सम्मेलन : उद्योग विभागले एकै दिन स्वीकृत गर्‍यो ९ अर्ब १३ करोड लगानी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ९ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेका छन् । उद्योग मन्त्रालयले लगानी सम्मेलनको अवसरमा उद्योग विभागमा आएका प्रस्तावलाई स्वीकृत गरेको हो ।

मन्त्री भण्डारीले लगानी स्वकृत भएको प्रमाणपत्र लगानी कर्तालाई दिएका छन् । स्वीकृत भएका मध्ये चिनियाँ कम्पनीले इन्भेष्टमेन्ट कम्पनीमार्फत यो लगानी गर्ने प्रतिबद्धता जनाएको हो । त्यसमा ६ अर्बको लगानी प्रस्ताव गरिएको छ ।

एस एण्ड जेजी इन्भेस्टमेन्ट कम्पनी अस्ट्रेलियाको लगानी पनि स्वीकृत भएको छ । बिजनेस कम्प्लेक्स बनाउन ३ अर्बको लगानी हुने भनिएको छ ।

बेलायती लगानीकर्ताको १३ करोड लगानी प्रस्ताव गरिएको छ । यसबाट २ सय किलोवाटको जलविद्युत् आयोजना निर्माण गर्ने भनिएको छ ।

उद्योग विभागले ६ अर्बसम्मको लगानी स्वीकृत गर्छ । भने, त्यो भन्दा माथिका आयोजना लगानी बोर्डले स्वीकृत गर्ने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर