नेपालमा वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबीच सम्झौता – Nepal Press

नेपालमा वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबीच सम्झौता

काठमाडौं । नेपालमा वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच सम्झौता भएको छ ।

लगानी सम्मेलनको दोस्रो दिन नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राली र कोरियन कम्पनी एम.ए.वी.सी इन्भेष्टमेन्ट ग्रुप प्रालिबीच वैदेशिक लगानी ल्याउने सम्झौता भएको हो ।

सम्झौतामा एम.ए.वी.सी इन्भेष्टमेन्ट ग्रुपको तर्फबाट उक्त कम्पनीका अध्यक्ष जियोन योगं लि र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट आधिकारिक प्रतिनिधि शिवराज दवाडी९माधव दवाडी० ले हस्ताक्षर गरेका हुन् ।

कोरियन कम्पनी एमएबीसी इन्भेष्टमेन्ट ग्रुपले नेपाल सरकारसँग उद्योग व्यवसाय, हरित ऊर्जा, सेवा उद्योग, नवीनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रहरूमा वैदेशिक लगानी ल्याउने स्वीकृति लिएको छ । यस्तो लगानीको रकम नेपाली ६ अर्ब बराबर रहेको छ ।

सम्झौता पत्रमा नेपाल भित्र ल्याउने वैदेशिक लगानी मार्फत स्थापना र सञ्चालन हुने यस्ता उद्योग व्यवसायमा नेक्सजेन म्यानेजमेन्टले सहजीकरण तथा परामर्श सेवा प्रदान गर्ने सहमति भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर