विपद् जोखिम न्यूनीकरणमा योगदान गरेकाले टेलिकमलाई कदर पत्र – Nepal Press

विपद् जोखिम न्यूनीकरणमा योगदान गरेकाले टेलिकमलाई कदर पत्र

काठमाडौं । विपद् जोखिम न्यूनीकरणको लागि योगदान पु्र्‍याएकोमा नेपाल टेलिकमलाई कदर पत्र प्रदान गरेको छ । जल तथा मौसमको पूर्वसूचना सन्देशहरु निःशुल्क एसएमएस सेवामार्फत सर्वसाधारणमा पुर्‍याएर विपद् जोखिम न्यूनीकरणको लागि अतुलनीय योगदान गरेको भन्दै टेलिकमलाई कदर पत्र प्रदान गरेको हो ।

काठमाडौंमा आयोजित नेसनल वर्कसप अन अर्ली वार्निङ सिस्टम कार्यक्रममा जलस्रोत तथा सिंचाई सचिव सुशिल चन्द्र तिवारीले नेपाल टेलिकमलाई कदर पत्र प्रदान गरेका हुन् । टेलिकमले वि.स २०७३ साल देखि अनवरत रुपमा निःशुल्क मास एसएमएस सेवामार्फत सर्वसाधारणमा पुर्‍याउँदै आएको छ ।

नेपाल टेलिकमका हाल देशैभर रहेका दूरसञ्चार पूर्वाधारहरु जल तथा मौसम विज्ञान विभागको ‘अर्लि वार्निङ सिस्टम’ अन्तर्गतको ‘कमन्युकेसन एण्ड डिसिमिनेशन’ प्रयोजनको लागि प्रयोग भइरहेका छन् । यस अनुसार विपद् जोखिम क्षेत्रमा सूचना संकलन र सूचना प्रवाहका लागि यी पूर्वाधारहरु प्रयोग भएका छन् ।

सूचना संकलन अन्तर्गत बाढी पहिरो लगायतका विपद जोखिम क्षेत्रमा रहेका ‘वेदर स्टेशन’ हरुबाट जल तथा मौसम विज्ञान विभागको केन्द्रीय सर्भरमा मौसम सम्बन्धी सूचना संकलनको लागि नेपाल टेलिकमका सिमकार्डमार्फत एमटुएम प्रविधिको प्रयोग गरी कनेक्टिभिटी उपलब्ध रहेको छ । नेपाल टेलिकमले यसका लागि ३०० एमबी डाटा सुविधा सहितको सिमकार्ड उपलब्ध गराएको छ ।

त्यसैगरी सम्बन्धित क्षेत्रमा रहेका नागरिकहरुमा सम्भावित जोखिमबाट सतर्क गराउन ११५५ कोडबाट पूर्वसूचना प्रवाह गरिरहेको टेलिकमले जनाएको छ । यसका लागि नेपाल टेलिकमले सो क्षेत्रका मोबाइल सेवाका ग्राहकहरुको नम्बर मौसम विज्ञान विभागलाई उपलब्ध गराउदै आएको छ भने सबै सेवा निःशुल्क रुपमा उपलब्ध गराइरहेको छ ।

कम्पनी र जल तथा मौसम विज्ञान विभागबीच सहकार्य गरिएको हो । भने, सहकार्य २०७३ सालदेखि नै निरन्तर भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर