सन नेपाल लाइफले बोनस शेयर पारित गराउन बोलायो साधारण सभा – Nepal Press

सन नेपाल लाइफले बोनस शेयर पारित गराउन बोलायो साधारण सभा

काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्सले लाभांश पारित गर्न जेठ ९ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट २३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

सभा अमृतभोग केटरर्स कालिकास्थान, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । उक्त बोनस शेयर वितरणपछि कायम हुने पुँजीमा २७ प्रतिशत (१ः०.२७ अनुपातमा) हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्ने एजेन्डा छ ।

सभा प्रयोजनका लागि वैशाख २७ गते बुक क्लोज हुनेछ । यसकारण वैशाख २६ गतेसम्म कायम रहने शेयर धनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर