सुदूरपश्चिमका भौतिकमन्त्रीको दाबीः होलीपछि विश्वासको मत लिन्छौं, बहुमत पाउँछौं


कैलाली । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले होलीलगत्तै सरकारले विश्वासको मत लिने बताएका छन् ।
प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको होली मिलन कार्यक्रमम उनले सरकारले होलीलगत्तै विश्वासको मत लिने र बहुमत प्राप्त गर्ने दाबी गरे ।
संघीय गठबन्धन फेरबदल भएपछि सुदूरपश्चिममा फरक परेको मन्त्री देउवाले बताए । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्री बर्खास्त गरेपछि यी दुई दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । त्यसपछि काङ्ग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार अल्पमतमा परेको हो ।
मन्त्री देउवाले अहिले प्रदेशसभाका सबै दलसँग समन्वय भइरहेको भन्दै विश्वासको मत पाउने विश्वास व्यक्त गरे ।
‘पर्व सकिनेबित्तिकै विश्वासको मत लिन्छौं’, उनले भने, ‘अहिलेको सरकारले बहुमत पाउनेछ ।’