महरा पक्राउपछि बाबुरामको आशंका- आफैंले पालेको खसी काटेर ठूला माछा उम्काउन खोजेको त होइन ? (भिडिओ) – Nepal Press

महरा पक्राउपछि बाबुरामको आशंका- आफैंले पालेको खसी काटेर ठूला माछा उम्काउन खोजेको त होइन ? (भिडिओ)

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टाचारको अन्त्य गर्न एउटा उच्चस्तरीय निष्पक्ष र स्वतन्त्र अंग बनाउनुपर्ने बताएका छन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको पक्राउमा समेत आशंका व्यक्त गरेका छन् ।

उनले भने, ‘यहाँ व्यक्तिभन्दा पनि उच्चस्तरीय अंग बन्नुपर्छ, जसले स्वतन्त्र र निष्पक्ष छानबिन गरेर सबैलाई कारबाही गर्नसक्छ । यहाँ त के छ भने एउटा सत्तामा आएको छ, अर्कोलाई आरोप लगाएको छ । आफ्नालाई चोख्याउने, अरुलाई फसाउने गरेर त के हो के हो, ठेगान पनि छैन । यहाँ त साना माछा र ठूला माछा भन्छन् ।’

उनले ठूला माछाको संरक्षणमा साना माछालाई फसाइएको हुनसक्ने बताए ।

नेता भट्टराईले थपे, ‘मलाई यतिबेला के सम्झना आउँछ भने पञ्चायतकालमा राजाकै एडीसी र तत्कालीन प्रहरी प्रमुख पनि समातिएका थिए । त्यसबेला म पत्रकारितामा पनि रुचि राख्थें । पञ्चायतकालमा राजेश्वर देवकोटा भन्ने ठूलै नेता हुनुहुन्थ्यो । मैले उहाँको अन्तर्वार्ता लिन जाँदा यसबारे के भन्नुहुन्छ भन्दा हामी त एउटै गाउँका पनि भर्यौं । उहाँ भन्नुहुन्थ्यो- ‘बाबु आफूले पालेको खसी काट्नु कुन ठूलो कुरा हो ?’ राजाको शासन कालमा त्योभन्दा धेरै बोल्न त भएन । त्यो भएर अहिले यो सबै प्रकरणमा पनि आफैंले पालेको खसी काटेर चोखिन खोजेका त होइनन् भन्ने आशंका जनतामा छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर