नर्सको श्रम शोषण गर्ने अस्पताल तथा स्वास्थ्य संस्थालाई कारबाही गर्न नर्सिङ संघको माग – Nepal Press

नर्सको श्रम शोषण गर्ने अस्पताल तथा स्वास्थ्य संस्थालाई कारबाही गर्न नर्सिङ संघको माग

काठमाडौं । नेपाल नर्सिङ संघले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा कार्यरत नर्सहरुको पेशाको अवमूल्यन गरेको, न्यूनतम पारिश्रमिक नदिइएको र श्रम शोषण गर्ने अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई अविलम्ब कारबाही गर्न माग गरेको छ ।

संघकी अध्यक्ष प्रा. मन कुमारी राईले विज्ञप्ति जारी गर्दै यस्ता गुनासासहित संघमा निवेदन परेको र यस सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कारबाहीको माग गरेकी हुन् ।

संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालय लगायत सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएको हो ।

त्यस्तै, नर्सिङ पेशाकर्मीहरुलाई पनि आफूले काम गर्ने संस्थाबारे सम्पूर्ण जानकारी राख्न पनि संघले आग्रह गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *