महिला खेल पत्रकारलाई बलात्कार गरेको आरोपमा अर्जेन्टिना चार खेलाडी पक्राउ – Nepal Press

महिला खेल पत्रकारलाई बलात्कार गरेको आरोपमा अर्जेन्टिना चार खेलाडी पक्राउ

काठमाडौं । एक महिला खेल पत्रकारलाई बलात्कार गरेको आरोपमा अर्जेन्टिनामा चार खेलाडी पक्राउ परेका छन् । उनीहरु सोमबार पक्राउ परेका हुन् ।

जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार यहि मार्च दुई तारिखमा उनीहरुले बलात्कार गरेको आरोप लागेको छ । बलात्कार आरोप लागेकाहरु अर्जेन्टिनाको प्रिमियम डिभिजन फूटबल क्लब बालेस सार्सफिल्डका खेलाडीहरु हुन् ।

पक्राउ पर्ने खेलाडीहरुहरुमा एक जना २१ वर्ष, दुई जना २७ वर्ष र एक जना ३७ वर्षका छन् । बलात्कार भएको आरोप लाउने २४ वर्षकी खेल पत्रकारले आफूलाई एक खेलाडीले बोलाएर बलात्कार गरेको बताएकी छन् ।

मदिराले आफू मातेर लडेको समयमा आफूमाथि बलात्कार भएको उनको आरोप छ । आरोप लागेका खेलाडीहरुले भने आरोप अस्वीकार गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर