सामाजिक सञ्जाल दुष्चक्रले कतातिर जाँदैछ समाज ? – Nepal Press

सामाजिक सञ्जाल दुष्चक्रले कतातिर जाँदैछ समाज ?

सामाजिक सञ्जालको दुष्चक्रमा जेलिएको अनुभूति हुनेबित्तिकै मलेसियाले सामूहिक रूपमा १०औं लाख परिमाणमा मोबाइल मिल्काउने अभियान चलायो । सुन्दा रोचक र हास्यास्पद लाग्थ्यो । आज नेपाली समाज स्वयं सामाजिक सञ्चालको दुष्चक्रमा फसेको देख्दा एक दशक अगाडिको मलेसियाको स्मरण भयो । उदेक लाग्ने मात्र होइन, सिङ्गो समाज नै कंकाल शहर जस्तै पूर्ण विक्षिप्त र जर्जर भएको अनुभूति हुँदैछ । भीड र सामाजिक सञ्जालको रणनीतिक दुष्चक्रबाट जोकोहीको तत्काल रोटी सेकिएला । अन्ततोगत्वा सिङ्गो समाज डुब्नबाट रोक्न सबै असमर्थ हुनेछौं । यो प्रायोजित छ, रणनीतिक छ र नेपाललाई पूर्ण रुपमा असफल राष्ट्र घोषणा गर्न दृश्य र अदृश्य शक्तिहरु अस्त्रको रूपमा प्रयोग गर्दैछन् ।

हामी सञ्जाल प्रयोगको प्रथम चरणमा छौं । त्यसैले अति खती भएको हुनुपर्छ । सञ्जाललाई नवीनतम ज्ञान र अनुसन्धानमा जोडिनुपर्ने विषय हो । आदर्श बाटोमा डो¥याउने सामाजिक सञ्जालको मूल्य आफैं अवमूल्यन हुँदैछ । सञ्जाल दुष्चक्रको उच्च सामाजिक मूल्य हुने भएकोले नेपाली समाजले ठूलो मूल्य नचुकाउला भन्न सकिँदैन । यो गहन विषयमा सामाजिक अनुसन्धान र खोजकर्ताको मूल्यवान समय खर्चिनु आवश्यक देखिन्छ ।

छिमेकी देश भारतमा १५ करोड जनसंख्या निरपेक्ष गरिबी र ६ करोड मानिस अति विपन्न जीवन गुजारा गर्छन् । तर, पुग नपुग ३ करोड जनसंख्या भएको नेपाललाई गरिबीको उपमा दिएर अन्तर्राष्ट्रियकरण गर्नु शोभनीय विषय पक्कै होइन, जुन सामाजिक सञ्जालले उत्ताउलो तरिकाले प्रस्तुत गर्दैछ । नेपालको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्र चौपट र सखाप बनाइँदैछ ।

हामी समाजलाई कुन दिशातर्फ डोर्‍याउँदैछौं ? हाम्रो अठोट के हो ? पूर्णिामाको जून रोज्दैछौं अथवा औंसीको रात ? अर्थतन्त्रको उपचार खोज्दैछौं अथवा तरल बनाउँदैछौं ? अनगिन्ती प्रश्न तेर्सिएका छन् ।

अर्थतन्त्र मन्दीमा परिणत हुनुको एउटा प्रमुख कारण सामाजिक सञ्जाल पनि हो । अर्थतन्त्र अपेक्षाको स्तरबाट सञ्चालन हुन्छ । सकारात्मक र आशावादी वातावरण सृजना गर्न सके अर्थतन्त्र गतिशील र चलायमान हुन्छ । नेपाली अर्थतन्त्र संकुचनमा छ । चालू वर्षमा ३ प्रतिशतको आर्थिक वृद्धि हुने आकलन विश्व बैंकको छ । यसको ठीकविपरीत नकारात्मक वातावरण सृजना गरिए स्वतः अर्थतन्त्र मन्दीमा परिणत हुन्छ । भीड र सामाजिक सञ्जालको चक्रब्यूहले आगोमा घिउ थप्ने काम गरेको देखिन्छ । सञ्जालले नकारात्मक सन्देशमात्र प्रवाह गरेको देखिन्छ ।

पारिवारिक जीवन सखाप हुँदैछ । सत्य बुझ्दै नबुझी सञ्जालका आधारमा निर्णयमा पुग्ने रोग लागेको छ । अभिभावकको मर्यादामा सन्तान र परिवार छैनन् । सन्तान लत्याएर आत्महत्या गर्नेको संख्या दिनप्रतिदिन वृद्धि हुँदैछ । भोलिका कर्णधारहरु कुलत र लतमा फसेका छन् । शैक्षिक गुणस्तरमा निरन्तर ह्रास आइरहेको छ ।

देखासिकी र भड्किलो जीवन शैलीले हाम्रो बचतको दर न्यून हुँदै गएको छ । पूँजी निर्माणको दर न्यून छ । सन् २०२२ मा कुल गार्हस्थ बचत र लगानीको दर जीडीपीको ३१ प्रतिशतको हाराहारीमा छ । न्यून लगानीका कारण रोजगारी सृजना हुन सकेको छैन । हिजो यिनै विषयलाई अन्धविश्वास, मूल्य र मान्यताभित्र समेटिन्थ्यो । उत्पादन छैन । तर, उपभोग जसरी पनि गर्नैपर्छ भन्ने मनोविज्ञान तयार हुँदैछ । किसान कृषिमा जोडिँदैन । जमिन बाँझो छ । उत्पादन र उत्पादकत्वमा ह्रास हुँदैछ । उद्योगपति उद्योग बन्द गरी रियल स्टेटमा लगानी गर्न बाध्य छन् ।

नेपालीको औसत ३ देखि ४ घण्टाको मूल्यवान समय सामाजिक सञ्जालमा खर्चिएको पाइन्छ । जनताको करबाट पारिश्रमिक भुक्तानी प्राप्त गर्ने राष्ट्रसेवकहरुले नै अधिकांश समय सञ्जालमा खर्चिएको पाइन्छ । चीनमा एउटा राष्ट्रसेवकको योगदान उल्लेख्य मात्रामा हुन्छ । प्रतिराष्ट्रसेवक लाखौं सेवाग्राहीले सार्वजनिक सेवा प्राप्त गर्छन् । यहाँ सञ्जालको व्यस्तताले सेवाग्राहीले समय प्राप्त गर्दैन । सेवाग्राहीले सेवा प्राप्त गर्न अतिरिक्त मूल्य र समय बहन गर्नुपर्छ । सञ्जालकै कारण सुशासनमा नेपाल विश्वकै कमजोर राष्ट्र मानिन्छ ।

अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको कृषि क्षेत्र अनुपयोगी हो । व्यवसाय गर्नुहुँदैन । व्यवसायिक वातावरण छैन । नेपालको शैक्षिक प्रणाली ठीक छैन जस्ता अनेकौं नकारात्मक सन्देश सम्प्रेषण गरिन्छ । कसैले पनि उद्यमशीलताको मनोविज्ञान निर्माण गर्न सक्दैन । सञ्चालनमा रहेका उद्योगहरु बन्द हुँदै गएको छ । उद्यमशीलता आफैंमा जोखिम बहन गर्ने कार्य हो । नेपालमा केही गर्नु समाप्त हुनु हो भन्ने संस्कृतिको विकास भयो । पूँजी, प्रतिभा र युवा सबै पलायन भए । श्रमिक, जोखिम बहन गर्ने र उत्पादनमा जोडिएकाहरु पलायन हुनुपर्ने बाध्यतात्मक परिस्थिति सृजना गरिँदैछ ।

सामाजिक सञ्जालले सामाजिक जीवन तरल बनाउँदैछ । सञ्जालकै प्रभावले दिनानुदिन हत्या, हिंसा, अपहरणमा उल्लेख्य वृद्धि हुँदै गयो । सामाजिक सञ्जाल र भीडले जबरजस्त न्याय स्थापित गर्न खोजिँदा अकालमा २ युवा तात्तातो गोलीको शिकार हुन पुगे । यो एउटा दृष्टान्तमात्र हो । सामाजिक सञ्जाल र अनियन्त्रित भीड नै अन्तिम अस्त्र हो भन्ने बुझ्नु ठीक होइन । अर्कोतिर निरीह राज्यमा कुनै पनि समस्याको उपचार समयमै खोज्न सके क्षति रोकथाम गर्न सकिन्थ्यो ।

पारिवारिक जीवन सखाप हुँदैछ । सत्य बुझ्दै नबुझी सञ्जालका आधारमा निर्णयमा पुग्ने रोग लागेको छ । अभिभावकको मर्यादामा सन्तान र परिवार छैनन् । सन्तान लत्याएर आत्महत्या गर्नेको संख्या दिनप्रतिदिन वृद्धि हुँदैछ । भोलिका कर्णधारहरु कुलत र लतमा फसेका छन् । शैक्षिक गुणस्तरमा निरन्तर ह्रास आइरहेको छ ।

चर्चित हुन सामाजिक सञ्जालमा छाडा हुनेको होडबाजी चल्दैछ । संसारमा नदेखिने र नसुनिएका सबै विषय नेपाली सञ्जालमा देखिन्छन्, सुनिन्छन् र भेटिन्छन् । हाम्रो मौलिक संस्कृति हराउँदै गएको छ । हामी फुर्सदिला नेपालीहरु अध्ययन नै नगरी शीर्षकका आधारमा कसिलो धारणा निर्माण गर्छाैं ।

सामाजिक सञ्जालमा अर्धनग्न नृत्य प्रस्तुत गर्न नसक्नेहरु असक्षम र बेकामे हुन् भन्ने भाष्य निर्माण गरिँदैछ । आआफ्नो रोटी सेक्न कोही धर्मको व्यापार, कोही जात, कोही भाषा र पहिचान अनेकौं नग्नताको अस्त्र सामाजिक सञ्जाल भयो । निरीह राज्यमा कुनै नियमन छैन । चर्चित हुन सामाजिक सञ्जालमा छाडा हुनेको होडबाजी चल्दैछ । संसारमा नदेखिने र नसुनिएका सबै विषय नेपाली सञ्जालमा देखिन्छन्, सुनिन्छन् र भेटिन्छन् । हाम्रो मौलिक संस्कृति हराउँदै गएको छ । हामी फुर्सदिला नेपालीहरु अध्ययन नै नगरी शीर्षकका आधारमा कसिलो धारणा निर्माण गर्छाैं । जीवनमा स्कुल र कलेज नदेखेका बकम्फुसेहरु सर्वज्ञानी हुन्छन्, विश्लेषक हुन्छन् । कखरा पनि ठम्याउन नसक्नेहरुको सामाजिक सञ्जालमा तँछाडमछाड देखिन्छ ।

भूकम्प, बाढीपहिरो जस्ता प्राकृतिक विपत्ति आउँछ । समाज आफैं पीडामा हुनु अस्वाभाविक होइन । समाजमा डर र भय सृजना गर्न एकपछि अर्को अनर्गल प्रचार सम्प्रेषण गरिन्छ । धर्म गुरुहरु विश्लेषक हुन्छन् । आफ्नो भविष्य ठम्याउन असमर्थ ज्योतिषहरु भूकम्प र प्राकृतिक विपत्तिको पूर्वानुमान गर्छन् ।

सामाजिक सञ्जालको दुरुपयोग गरी समाजसेवी बन्ने होडबाजी छ । ५० डिग्रीको तातोमा श्रम बिक्री गर्ने सोझा नेपालीहरुलाई प्रभावमा पारेर पैसा संकलन गर्ने समाजसेवीको संख्या ह्वात्तै बढेको देखिन्छ । समाजसेवी र अभियन्ता अभियानमा एक पैसा खर्चिंदैन, बढो रवाफ र ठाँट देखाएर हिँड्छन् । अभियन्ताहरुले समाजसेवा, धर्मको व्यापार, पहिचान, जाति, ज्योतिष पेशाका नाममा अकुत पैसा आर्जनको मुख्य स्रोत बनाए ।

सञ्जालको दुष्चक्रले भ्रष्टाचारको दरमा उल्लेख्य वृद्धि भयो । बजार नियन्त्रणमा कठिनाइ हुँदैछ । राज्यका संयन्त्रहरु निष्प्रभावी छन् । न्याय–अन्याय, सत-असत छुट्याउन सकिँदैन । राज्य संयन्त्रको सबै काम सामाजिक सञ्जालले गर्न थाले । समाजका लागि जोखिम बहन गर्ने पुरानो संस्कृति लोप हुँदै गयो ।

भीड र सामाजिक सञ्जालले राजनीतिक सिस्टम प्रदूषित बनायो । प्रणालीलाई दोषारोपण गरिन्छ । स्वतन्त्रतालाई भीड र सामाजिक सञ्जालको अस्त्रका रूपमा प्रयोग गरियो । सामाजिक सञ्जालको आधारमा नेपाली समाज विभाजित छ । नेता र पार्टी सबै सामाजिक सञ्जालको उत्पादन हुन पुगे । नेता, राजनीतिज्ञ, व्यापारी, विद्वान, लेखक, नायक-खलनायकबीचको पृथक चरित्र भेद गर्न असमर्थ भयौं । विकास, समृद्धि सबै सञ्जालमा हुन थाल्यो । योजना कार्यक्रम सबै सामाजिक सञ्जालका वालहरुमा देखिन थाले । सबैभन्दा छाडा, असंस्कारी र अराजनीतिक मानिस सञ्जाल र भीड दुरुपयोगबाट एकाएक नेता हुन पुगे । राजनीतिक नेतृत्वले निर्णय गर्न सक्तैन । निर्णय गरे पनि कार्यान्वयन गर्न सक्दैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *