नर्स चन्द्रिकाकाे हत्यापछि प्रेमीले गरे आत्महत्या – Nepal Press

नर्स चन्द्रिकाकाे हत्यापछि प्रेमीले गरे आत्महत्या

विराटनगर । विराटनगर स्थित नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारी दासको हत्या उनकै पूर्व प्रेमीले गरेको खुलेको छ । प्रेममा धोका पाएपछि चन्द्रिकाका पूर्वप्रेमी शिवशङ्कर दासले चन्द्रिकाको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।

दास झुन्डिएको अवस्थामा आइतबार राति विराटनगरको एक होटलमा फेला परेका छन् । चन्द्रिकाको हत्या भएको स्थान भन्दा ३ सय मिटर नजिकै फाइन होटलको कोठा नम्बर १०२ मा शिवशङ्कर दास झुन्डिएको अवस्थामा फेला परेका हुन् । नर्स चन्द्र कुमारी विराटनगर–४ मा रहेको डेराको बाथरुममा शुक्रबार शव भेटिएको थियो ।

सिराहा घर भएकी दासको धारिलो हतियार प्रयोग गरी हत्या गरेपछि उनका दुईजना प्रेमी रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झुन्डिएको अवस्थामा फेला परेका २२ वर्षीय शिवशङ्कर दास वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र्गएका थिए ।

उनी मलेसिया गएपछि चन्द्रिका कुमारीको सिराहाकै एक युवासँग प्रेम सम्बन्ध गाँसिएको थियो । चन्द्रिकाको अन्य युवासँग प्रेम सम्बन्ध गाँसिएको थाहा पाएपछि शिवशङ्कर फागुन २७ गते नेपाल आएको खुलेको छ ।

प्रहरीका अनुसार उनी फागुन २७ गते काठमाडौं आएका थिए । उनी फागुन २९ विराटनगर आएको देखिएको प्रहरीले जनाएको छ । विराटनगर आएर उनी चन्द्रिका कुमारीको डेरामा बसेको प्रहरीले जनाएको छ ।

डेरामा बस्दा ‘चन्द्रिकाकुमारीले अर्कैसँग प्रेममा रहेको बताएपछि उनको हत्या भएको देखिन्छ’, घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने, ‘चन्द्रिकाको हत्या गरेँ । अब म पनि आत्महत्या गर्छु भनेर शिवशङ्करले दिदीलाई आइतबार दिउँसो फोन गरेर भनेको पनि रहेछन् ।’

विराटनगर–४ स्थित नबोल टिचिङ अस्पतालको अर्थो विभागमा चन्द्रिका काम गर्दै आएकी थिइन् । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले चन्द्रिकाको हत्या पछि शिवशङ्करले आत्महत्या गरेको बताए ।

‘चन्द्रिका कुमारीको हत्या उनकै प्रेमी शिवशङ्करले गरेर फरार भएको पाइएपछि प्रहरीले खोजी भएको थियो’, कार्कीले भने, ‘खोजीका क्रममा उनी झुन्डिएको अवस्थामा मृत फेला परे ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर