फागु पर्व सुरु, वसन्तपुरमा ठड्याइयो चीर (तस्बिरहरु/भिडिओ) – Nepal Press

फागु पर्व सुरु, वसन्तपुरमा ठड्याइयो चीर (तस्बिरहरु/भिडिओ)

काठमाडौं । काठमाडौँको वसन्तपुर  हनुमानढोकामा विधिवत रुपमा आइतबार बिहान तीनखण्डे चिर ठड्याएसँगै फागु सुरु भएको छ ।

नेपाल पञ्चांग निर्णायक समितिले निर्धारण गरेको साइत अनुसार फागुन शुक्ल अष्टमी (आइतबार) को बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको ३२ फिट चिर उठाइएको हो।

हनुमानढोका दरबारको मूलद्धार अगाडि रंगीचंगी कपडाले सिंगारिएको चीर गाडिएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ ।

योसँगै देशभर औपचारिक रुपमा फागु पर्व सुरु भएको छ । चिर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेकाे थियाे । भगवान कृष्णले गोपिनीहरु नुहाउन गएका बेला कपडा चोरेर रुखमा झुन्ड्याइदिएको पौराणिक कथाको स्मरणमा चीर ठड्याउने परम्परा रहिआएको छ ।

यही चैत ११ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा होली खेलेर फागु पर्व मनाइन्छ भने तराईका विभिन्न जिल्लामा भोलिपल्ट अर्थात १२ गते फागु पर्व मनाइने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *