प्रधानमन्त्रीलाई लिङ्देनको चेतावनी- गल्ती सच्याउँछु भन्दा पनि नपाउने परिस्थिति आउन सक्छ (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीलाई लिङ्देनको चेतावनी- गल्ती सच्याउँछु भन्दा पनि नपाउने परिस्थिति आउन सक्छ (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा र धर्मलाई गाली गरेर वाहवाही कमाउने समय सकिसकेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूहरू सानो संख्या भए पनि गणतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेको बताए ।

उनले यो व्यवस्थाको सदन र सडकबाट विरोध गर्दै बहुमत पुगेको बेलामा पल्टाउने दाबी गरे । अहिले आफूहरू सत्ताको खेलमा नरहेको प्रष्टीकरण दिए ।

उनले प्रधानमन्त्री प्रचण्डलाई भने, अघिल्लो पटक गठबन्धन फेर्दा मैले प्रधानमन्त्रीलाई तपाईँको जीवनको अन्तिम गल्ती पनि हुनसक्छ भनेको थिएँ। अहिले यहाँसम्म आएर नयाँ चाल चाल्नुभएको छ। म फेरि पनि भन्छु प्रधानमन्त्रीको जीवनको अन्तिम गल्ती यो नहोस्। मानिसहरूको जीवनमा गल्ती हुन्छन्। गल्ती सच्याउने मौका पनि हुन्छ। तर, कहिलेकाहीँ यस्तो समय आउँछ गल्ती सच्याउँछु भन्दा मौका आउँदैन। त्यस्तो नहोस्।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीलाई लिङ्देनको चेतावनी- गल्ती सच्याउँछु भन्दा पनि नपाउने परिस्थिति आउन सक्छ (भिडिओ)

  1. लुटतन्त्र अन्त्य गर्न आवश्य छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर