‘सामुद्रिक सुरक्षा’को लागी चीन, रुस र इरानले आजबाट संयुक्त सैन्य अभ्यास गर्दै – Nepal Press

‘सामुद्रिक सुरक्षा’को लागी चीन, रुस र इरानले आजबाट संयुक्त सैन्य अभ्यास गर्दै

काठमाडौं । चीन, रुस र इरानका सैनिकहरूले संयुक्त सामुद्रिक अभ्यास गर्ने भएका छन् ।

ओमान खाडीमा यी तीन देशहरुले संयुक्त सैन्य अभ्यास गर्न लागेका हुन् । रुसी विश्व च्यानल आरटीका अनुसार यही हप्ताबाट संयुक्त सैन्य अभ्यास हुने भएको छ ।

अभ्यासको मूल उद्देश्य ‘सामुद्रिक सुरक्षा’ भएको आरटीले उल्लेख गरेको छ । मरिटाइम सेक्युरिटी बेल्ट नाम दिइएको अभ्यासमा चीन, रुस र इरानका हवाई तथा जल सैनिकहरू सहभागी हुने भएका छन् ।

यही मार्च १२ देखि १५ सम्म अभ्यास हुने भएको छ ।

संयुक्त सैन्य अभ्यास अरबिक समुद्र त्यसमा पनि ओमान खाडीमा गर्ने तय भएको रुसी रक्षा मन्त्रालयले सोमबार जानकारी सार्वजनिक गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर