इलाममा ५० प्रतिशत गणना सकियो- एमाले ५३०२ भोटले अगाडि, १९ उम्मेदवार कसको कति ? – Nepal Press

इलाममा ५० प्रतिशत गणना सकियो- एमाले ५३०२ भोटले अगाडि, १९ उम्मेदवार कसको कति ?

काठमाडौं । इलाम २ मा खसेकोमध्ये आधाभन्दा बढी मत गणना सकिएको छ । अहिलेसम्म ३६ हजार ५३ मत गनिसकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ ६९ हजार २८७ मत खसेको थियो ।

अहिलेसम्म नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । मतान्तर फराकिलो पारेका सुहाङको १४ हजार ६१३ भोट छ । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काको खड्का ९ हजार ३११ भोट छ । दुईजनाबीच ५ हजार ३०२ मतको अन्तर छ ।

तेस्रो स्थानमा रहेका डकिन्द्र थेगिमले ८ हजार ५७० र चौथो स्थानमा रास्वपाका मिलन लिम्बूले २ हजार ५७ मत प्राप्त गरेका छन् ।

नेकपा एसका उम्मेदवार जीतबहादुर राईको २९९ भोट छ ।

हेर्नुस् इलाम २ को चुनावी मैदानमा रहेका १९ उम्मेदवार कसको कति ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर