राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने माओवादीको निर्णय, आउने चुनाव गठबन्धन नगरी एक्लै लड्ने (भिडिओ) – Nepal Press

राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने माओवादीको निर्णय, आउने चुनाव गठबन्धन नगरी एक्लै लड्ने (भिडिओ)

काठमाडौं । सत्ता गठबन्धनको घटक नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ । नेपाली कांग्रेसबाट कृष्ण सिटौलालाई अघि सार्ने चर्चाबीच माओ‌वादीको स्थायी कमिटी बैठकले आफ्नै उम्मेदवार अघि सार्ने निर्णय गरेको हो ।

साथै आउँदो चुनावमा गठबन्धन नगरी एक्लै लड्ने पनि निर्णय गरेको प्रवक्ता अग्नी सापकोटाले बताए ।

उनले भने, ‘हाम्रो पार्टीको केन्द्रीय समिति र विधान सम्मेलनमा पनि अब निर्वाचनमा एक्लै लड्ने स्वतन्त्रतापूर्वक प्रतिस्पर्धा गर्ने भनिसकेका छौं । अब एक्लै प्रतिस्पर्धा गर्नेगरी तयारी गर्नुपर्छ । गठबन्धन गर्ने-नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिअनुसार हुने हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर