ईसेवाले सुरू गर्‍यो ईसेवा लाइफ केयर, ५ लाख ३० हजारसम्मको आर्थिक सुरक्षा पाइने – Nepal Press

ईसेवाले सुरू गर्‍यो ईसेवा लाइफ केयर, ५ लाख ३० हजारसम्मको आर्थिक सुरक्षा पाइने

काठमाडौं । नेपालको भुक्तानी सेवा प्रदायक ईसेवाले इसेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ । कम्पनीले ईसेवा केयरको सफलतापछि दुर्घटना तथा बिरामी पर्दाको अवस्थालाई मध्यनजर गर्दै ‘ईसेवा लाइफ केयर’ योजना सार्वजनिक गरेको हो ।

ईसेवा लाइफ केयर योजनामा ५ लाख ३० हजार सम्मको जीवन बीमाको ग्यारेन्टी प्रदान गरिने कम्पनीले जनाएको छ । यो जीवन बीमा योजना सन लाइफ इन्स्योरेन्स् र हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा सञ्चालन गरिएको हो ।

योजनामा ईसेवा केयरमा जस्तै विभिन्न स्वास्थ्य सम्बन्धी सेवाहरूमा अफर तथा छुटहरू समेत समावेश गरिएको छ । योजनामा वार्षिक ७ सय रुपैयाँ देखि सुरुवाती मूल्यमा ५ लाख ३० हजार रूपैयाँको लाइफ केयर प्रदान गर्नेछ ।

कम्पनीका अनुसार योजनाले सस्तो मूल्यमा १८ देखि ४५ बर्ष उमेर सम्मको बिमाका साथै अन्य स्वास्थ्य सुविधाहरू प्रदान गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । भने, योजनामा उमेर अनुसार प्रीमियम रकम पनि फरक हुनेछ ।

यस योजनामा टर्म लाइफ कभरेज २ लाख ५० हजार, दुर्घटना उपचार खर्च एक लाख, अस्पतालको बेड चार्जमा १० हजार, दुर्घटनाबाट भएको मृत्युमा एक लाख २० हजार, गम्भिर रोगको ५० हजार र ३० भन्दा बढि स्वास्थ्य र सौन्दर्य सम्बन्धित सेवामा ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

ईसेवा लाइफ केयर खरिद कसरी गर्ने ?

ईसेवा प्रयोगकर्ताले यो सेवा लिन सुरुमा इसेवाको मोबाइल एप्स् अथवा वेबपेजमा जानुपर्नेछ ।

ईसेवा केयर अप्सनमा क्लिक गर्नुपर्नेछ । त्यसपछि त्यहाँ ईसेवा केयर र ईसेवा लाइफ केयरको अप्सनमा ईसेवा लाइफ केयरमा क्लिक गरी मागिएका विवरण भरेर भुक्तानी गरेपछि सेवा लिन सकिनेछ ।

यस योजना खरिद गर्नका लागि प्रयोगकर्ता इसेवामा केवाइसी प्रमाणित हुनुपर्नेछ भने खरिद गरेको २४ घन्टामा योजना लागू हुनेछ ।

प्रयोगकर्ताले बीमा सेवाको उपभोग गर्न बीमा गरेको प्रमाण साथमा राख्नुको साथै दाबीका लागि आवश्यक कागजात बोक्नुपर्नेछ । ईसेवा प्रयोगकर्ताले दुर्घटना, अस्पताल भर्ना, मृत्यु दाबीका लागि हिमालयन एभरेष्ट इन्स्योरेन्स्मा सम्पर्क गरि आवश्यक कागजात पेश गरि भुक्तानीका लागि दाबी गर्नुपर्नेछ ।

त्यसैगरी, हाल देशभर इसेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको संख्या १ करोड २ लाख भन्दा बढि पुगेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ९० लाख जनसङ्ख्याले इसेवा मार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब २ लाख २० हजारको संख्यामा एजेन्ट नेटवर्क रहेको छ । इसेवाले केन्द्रिय कार्यालय सहित सातै प्रदेशबाट सेवा दिइरहेको छ ।

ईसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब ४ लाख मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर