अब ह्वाट्सएपमा अरुको प्रोफाइलको स्क्रिनशट लिन नसकिने – Nepal Press

अब ह्वाट्सएपमा अरुको प्रोफाइलको स्क्रिनशट लिन नसकिने

काठमाडौं । ह्वाटसएपमा अरुको प्रोफाइलको स्क्रिनशट लिन नसकिने देखि गलत गतिविधिको स्वतह रिर्पोट हुनेसम्मको फिचर अपडेट गर्न लागेको छ ।

ह्वाट्सएपले ‘एन्ड्रोइड २.२४.४.२५’ प्रोफाइल स्क्रिनशट गर्न नमिल्ने र ‘इन्ड्रोइड २.२४.४.२०’ मार्फत स्वतह गतल गतिविधिको रिपोर्ट गर्न मिल्ने फिचर अपडेट गर्न लागेको हो ।

५ वर्षअघि मात्रै ह्वाट्सएपले प्रोफाईल फोटो सेभ गर्न मिल्ने सुविधालाई हटाएको थियो । तर, उक्त प्रोफाइलको स्क्रिनशट भने लिन सकिन्थ्यो । जसलाई अब गोपनीयताको र सुरक्षाको कारण देखाउदै स्क्रिनशट गर्न नमिल्ने फिचर अपडेट गर्न लागेको हो ।

ह्वाटसएपका अनुसार प्रयोगकर्ताको स्वीकृतीबिना कसैले पनि उक्त प्रोफाईल फोटोको स्क्रिनशट लिन पाउने छैनन् । प्रयोगकर्ताले आफ्नो सेटिङ्सबाटै उक्त फिचरलाई अन/अफ गर्न सक्नेछन् । जुन अहिले निश्चित डेक्टप र बिटा ट्रान्स्फरहरुमा मात्रै उपलब्ध रहेको छ । र अर्को सातासम्म सबै प्लयार्टफर्महरुमा उपलब्ध हुने जनाइएको छ ।

त्यस्तै, ह्वाट्सएपले अरुको खातामा कसैले केहि गतल गरेमा स्वतह रिपोर्ट हुने फिचर पनि अपडेट गर्न लागेको छ । ह्वाट्सएपले आफ्नो एकाउन्टमा अरु कसैले गोपनीयताको गतिविधि हेर्न खोजेमा अथवा झाक्न खोजेमा स्वतह रिर्पोट हुने फिचर थप्न लागेको हो ।

ह्वाट्सएप सम्बन्धि नयाँ अपडेटको जानकारी गारउने ‘डब्लुएबिटा इन्फो’ ले ह्वाट्सएपले ‘इन्ड्रोइड २.२४.४.२०’ मा यस्तो नयाँ अपडेट गर्न लागेको हो ।

नयाँ अपडेटमा प्रयोगकर्ताले आफ्नो गोपनियतालाई मध्यनजर गर्दै आफ्नो अकाउन्टमा यस्तो फिचर अन अर्थात सुचारु गर्न सक्छन् । उक्त अपडेट ह्वाट्सएपको नयाँ भर्जन आईएसओ टेस्टफलाइट एपमा छिटै उपलब्ध हुने उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर