टेक्स्टबाट फोटोमात्रै नभएर अब भिडियो पनि बनाउन सकिने – Nepal Press

टेक्स्टबाट फोटोमात्रै नभएर अब भिडियो पनि बनाउन सकिने

काठमाडौं । पछिल्लो समय आर्टिपिफियल एन्टिलिजेन्स अर्थात ‘एआई’ को प्रयोगबाट फोटो बनाउने ट्रेन्ड बढेको छ । जसमा लिखित निर्देशनबाटै फोटोहरु बनाउन सकिन्थ्यो भने, अब भिडियो समेत बनाउन सकिने भएको छ ।

च्याट जीपीटी कम्पनी अर्थात ओपन एआईले लिखित निर्देशनबाटै भिडिओ बनाइदिने ‘सोरा’ लन्च गरेको छ । बिहीबार ओपन एआईले आफ्नो प्रिमियर टुल ‘क्रेटिङ भिडिओ फ्रम टेक्स्ट’ सार्वजनिक गरेको हो ।

कम्पनीले लिखित निर्देशनबाटै वास्तविक जस्तै लाग्ने भिडिओ बनाइदिने एआई मोडेल ‘सोरा’ ल्याएको छ । सोराले वास्तविक संसार बुझ्न र अनुभव गर्न सक्ने मोडेलहरुको आधारका रुपमा काम गर्न सक्ने उल्लेख गरिएको छ ।

पुर्णरुपमा सबैका लागि सोरालाई अहिले उपलब्ध गराइएको छैन् । भने, हालका लागि निश्चित अनुसन्धानकर्ता र क्रियटरहरूमा सोरालाई सीमित गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर