उद्धव पौडेलको गोपीकृष्ण कम्प्लेक्स विदेशी लगानीकर्ता खोज्दै लगानी सम्मेलनमा – Nepal Press

उद्धव पौडेलको गोपीकृष्ण कम्प्लेक्स विदेशी लगानीकर्ता खोज्दै लगानी सम्मेलनमा

काठमाडौं । गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्स विदेशी लगानी खोज्दै तेस्रो लगानी सम्मेलनमा पुगेको छ । ५ अर्ब लगानीमा निर्माण गर्ने तयारी गरेको कम्प्लेक्सले सम्मेलनमा स्टल राखेर लगानी आह्वान गरिरहेको छ ।

कम्प्लेक्सको डिजाइन पनि बनिसकेको छ । पहिलाको गोपीकृष्ण हल मासेर सोही ठाउँमा कम्प्लेक्स बनाउन लागिएको हो । सरकारले निर्माणको स्वीकृति दिएको छ भने करिब १० रोपनी जग्गा समेत खरिद गरिसकेको छ ।

यसमा ३० प्रतिशत विदेशी र ७० प्रतिशत नेपाली लगानी ल्याउने लक्ष्य अनुरूप लगानीकर्ताको खोजी भइरहेको छ । विशेष गरी भारतले यसमा चासो देखाएको छ ।

पैसा जुटेपछि ४ वर्षमा निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको छ । बैंकबाट ऋण पाइने भए पनि बाहिरको लगानी ल्याउँदा अरू पनि काम गर्न सकिन्छ भन्ने उद्देश्यका साथ विदेशी लगानीको खोजी भइरहेको जनाइएको छ ।

यसको मुख्य लगानीकर्ता उद्धव पौडेल हुन् । यसले पहिलो चरणमा अपार्टमेन्ट कम्प्लेक्स बनाउने, दोस्रो चरणमा अन्तर्राष्ट्रिय मापदण्डको पाँच तारे होटल र सपिङमल, सिनेमा हल बनाउने योजना लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर