‘सन्दीप चाहियो’ भन्दै त्रिवि मैदानमा हुटिङ, प्रहरीले ७ जनालाई निकाल्यो (तस्बिरहरु) – Nepal Press

‘सन्दीप चाहियो’ भन्दै त्रिवि मैदानमा हुटिङ, प्रहरीले ७ जनालाई निकाल्यो (तस्बिरहरु)

काठमाडौं। त्रिवि मैदानमा नेपाल र क्यानाडाबीच क्रिकेट म्याच भइरहँदा दर्शकले सन्दीप लामिछानेको नाममा हुटिङ गरेका छन् । हुटिङ गर्नेमध्ये ७ जनालाई प्रहरीले मैदानबाट निकालेको छ ।

नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । क्यानाडाको बलिङमा नेपालका ब्याट्सम्यानहरुले संघर्ष गरिरहँदा दर्शकले सन्दीपको खोजी गरेका हुन् ।

‘सन्दीप हाम्रो शान हुन्, हामीलाई सन्दीप चाहियो’ भन्दै दर्शक दिर्घाबाट हुटिङ भएपछि प्रहरीले हस्तक्षप गर्यो । दर्शकले बोकेका केही ब्यानर पनि प्रहरीले खोसेको छ । केहीबेर तनावको अवस्था सिर्जना भएको थियो ।

खेलाडीहरु पनि खेल्न छाडेर मैदान बाहिर हेरिरहेका थिए ।

सन्दीपको स्थानमा आज सूर्य तामाङले खेलिरहेका छन् । तामाङ राम्रो स्पिन फ्याँक्न सक्ने भएपनि ब्याटिङ कमजोर छ । नेपालले ७ विकेट गुमाएको अवस्थामा दर्शकले सन्दीपको अभाव महसुस गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *